१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

उपप्रधानमन्त्री श्रेष्ठको स्पष्टिकरण: बिमस्टेक सार्कको प्रतिस्थापन होइन, हुन सक्दैन

उपप्रधानमन्त्री श्रेष्ठको स्पष्टिकरण: बिमस्टेक सार्कको प्रतिस्थापन होइन, हुन सक्दैन
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सार्कको प्रतिस्थापन संस्थाको रुपमा बिमस्टेकलाई नेपालले स्वीकार नगरेको बताउनुभएको छ ।

भारतले सार्कलाई बिमस्टेकको प्रतिस्थापन संस्थाको रुपमा अघि बढाउन चाहेको विश्लेषण भईरहँदा उपप्रधानमन्त्री श्रेष्ठको यस्तो स्पष्टिकरण आएको हो ।

उहाँले नेपाल सार्कलाई निष्क्रिय बनाउन बिमस्टेक चलाउने कुरासँग सहमत नरहेको अडान राख्नुभयो । मंगलवार प्रतिनिधि सभामा बिमस्टेक वडा पत्रको प्रावधान सम्बन्धि छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपालले कहिल्यैै पनि सार्कको प्रतिस्थापन संस्थाको रुपमा बिमस्टेकलाई नलिएको पनि स्मरण गराउनु भयो । बिमस्टेक सार्कको प्रतिस्थापन नभएको र हुनै नसक्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाई थियो । उहाँले सार्कलाई प्रभावकारी बनाउन नेपालले अध्यक्ष राष्ट्रको हैसियतले पहलकदमी लिने पनि बताउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले नेपालले बिमस्टेकलाई छुट्टै क्षेत्रीय संगठनको रुपमा बुझेर त्यसबाट लाभ प्राप्त हुनेगरी अगाडि बढन भुमिका खेल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले सार्कका सम्बन्धमा हामी सबैले देखेका छौं, यहाँ पनि आवाज उठेको छ । सार्कलाई सक्रिय बनाउन सकिएको स्थिति छैन । हामी अहिले सार्कको अध्यक्ष छौं । माननीय सदस्यहरुले दिनुभएको सुझावलाई समेत ग्रहण गर्दै हामी सार्कलाई प्रभावकारी बनाउन आफ्नो हैसियतबाट जति भूमिका खेल्न सक्छौ, त्यो भुमिकासहित पहलकदमी लिने सोचमा छौं । र त्यस दिशामा हामी सक्रियता प्रदर्शन गर्नेछौं । तर हामी सबैलाई थाहा छ हामीले चाहँदा मात्रै पनि कुनै संस्था सक्रिया वा निष्क्रिय भइहाल्दैन ।’

‘तर हामो यो आफ्नो अध्यक्षको हैसियतले, यसको सक्रिय सदस्य राष्ट्रको हैसियतले आफ्नो तर्फबाट यसको निष्क्रियतालाई तोडने र यसलाई प्रभावकारी ढंगले भुमिका निर्वाह गर्न हामी प्रयत्न गर्नेछौं । र म प्रारम्भमा नै के पनि भन्न चाहन्छु भने सुरुमै भने बिमस्टेक सार्कको प्रतिस्थापन होइन, हुन सक्दैन । यो सार्कलाई निष्क्रिय बनाउन बिमस्टेक चलाउने कुरासँग हामी सहमत छैनौं । विमस्टेकको आफ्नै उद्देश्य अन्तरगत यसमा सहभागिता जनाउने, यसलाई परिचालन गर्ने, यसलाई सक्रिय पार्ने कुरामा हामी सहमत छौं । तर हामीले कहिल्यै पनि सार्कको प्रतिस्थापन संस्थाको रुपमा बिमस्टेकलाई स्वीकार गरेको छैनौं । त्यो होइन भन्ने हाम्रो स्पष्ट धारणा छ । त्यसैले विमस्टेकलाई छुट्टै यस प्रकारको क्षेत्रिय संगठनको रुपमा बुझेर यसको उद्देश्यहरुलाई पूरा गर्नेगरी हामीले त्यसबाट समेत लाभ लिनेगरी क्षेत्रीय रुपमा नै त्यसको लाभ प्राप्त हुनेगरी अगाडि बढनका लागि हामीले भुमिका खेल्नुपर्ने आवश्यकता छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले बिमस्टेकलाई छुट्टै क्षेत्रीय संगठनको रुपमा बुझेर नेपालले सदस्य राष्ट्रको हैसियतले आफ्नो भुमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।