५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नाटक होकि नौटन्की हो’ सार्वजनिक भएपछि चर्चामा



अ+ अ-

काठमाडौं । नेपालमा दुई समुहबीच राजनीतिक द्वन्द भएको स्थितिमा प्रयोग भएका दुई शब्द नाटक्कै हो र नौटङ्की नै हो भन्ने भिडियो चर्चामा आइरहेको अबस्थामा 'नाटक होकि नौटन्की हो' भन्ने म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत समयसामयिक अवस्थाको बारेमा व्यंग्यात्मक तरिकाले प्रस्तुत गरिएको हो । 

प्रदिप पोख्रेलको शब्दमा रहेको गीतले 'जुन जोगी आए पनि कानै चिरेको' भन्ने उखानलाई प्रयोग गरि प्रधानमन्त्री ओली र प्रचण्ड बिचको द्वन्दले देशमा शान्ति नभई अशान्ति फैल्याउने प्रष्ट पारेको छ । उनले गीत मार्फत 'सचेत नागरिक बनौ' भन्ने सन्देश दिएका छन् । 

पोख्रेलको शब्द रहेको गीतको लय र सम्पादन महेश बिक्रम पाण्डेले गरेका छन् । गायक अर्जुन सापकोटा, महेश बिक्रम पान्डे, नर्बदा लकन्तरी र रिता थापाको स्वर रहेको उक्त गीत चर्चामा आएको छ । यस गीतको भिडियोमा अर्जुन सापकोटा, नर्बदा लकन्तरी,  रिता थापाको अभिनय रहेको छ । मदन खड्काले निर्देशन गरेको भिडियोलाई दुर्गा श्रेष्ठले  कैद गरेका छ्न् । सो गितको पुनम अडियो भिडियोले बजार ब्यास्थापन गरेको छ ।