२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झिनो अङ्कले घट्यो नेप्से परिसूचक



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८५ प्रतिशतले घटेर दुई हजार १० दशमलव २१ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १२ कम्पनीको ६१ लाख ३१ हजार छ सय २१ कित्ता शेयर ४६ हजार दुई सय ३५ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब २९ करोड १६ लाख ४५ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०३, लगानी शून्य दशमलव ०४, जीवन बीमा शून्य दशमलव १९, लघुवित्त एक दशमलव ८९, म्युचुअल फन्ड शून्य दशमलव ३० र व्यापार समूह शून्य दशमलव ३२ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । आज बैंकिङ शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव १६, होटल तथा पर्यटन शून्य दशमलव ५७, जलविद्युत् शून्य दशमलव ७९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३३, निर्जीवन बीमा शून्य दशमलव १७ र अन्य समूह शून्य दशमलव ७५ प्रतिशतले घटेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने गणपत्ति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९५ र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ६४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने ज्योति विकास बैंक बण्ड–२०८७ को शेयर मूल्य सात दशमलव ५० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै गुर्खाज फाइनान्स लिमिटेडको रु १४ करोड ९८ लाख ८४ हजार नौ सय एक बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फण्डको तीन लाख २० हजार तीन सय ६४ कित्ता शेयर किनबेच भएको छ । रासस