२० भाद्र २०८३, शनिबार
,
Latest
भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल वायुसेवा निगममा देखिएको अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न दृढ छु: मन्त्री तामाङ



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम भित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री तामाङले निगम सम्बन्धमा मन्त्रालयले चाल्ने हरेक कदम पारदर्शी र राष्ट्रिय हितमा केन्द्रित हुने समेत बताउनु भयो । बैठकमा सांसद प्रेम सुवालले निगमको व्यवस्थापन करारबारे प्रश्न गर्नुभएको थियो । मन्त्री तामाङले निगम सार्वजनिक र नेपाली जनताको सरोकारको संस्था भएकाले त्यससम्बन्धि निर्णय गर्दा सरकारले व्यापक छलफल गरेर अघि बढ्ने बताउनु भयो । उहाँले निगमको सारभुत परिवर्तनका लागि नागरिक उडड्यनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढन सरकारले चाहेको बताउनु भयो ।

मन्त्री तामाङले भन्नुभयो, ‘नेपाल वायुसेवा निगमको संस्थागत सुधार, व्यवसायिक विकासमार्फत नेपालको हवाई यातायातको क्षेत्रमा योगदानसहित पर्यटन क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याउने गरी मन्त्रालयले सुधारको पहलकदमी लिँदै गरेको छ । विभिन्न सुधारका समितिहरु गठन गरी सुझाव प्राप्त गर्दै कार्यान्वयनमा लगिरहेको छ । निगम भित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको छ । व्यवस्थापन करार भनेको बिक्री होइन, मन्त्रालय निगमको सारभूत परिवर्तनका लागि नागरिक उडड्यनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न चाहेको र निर्णयमा पुग्नु अघि व्यापक छलफल हुने नै छ । निगम सार्वजनिक संस्था र सबै नेपाली जनताको विषय रहेकाले निगम सम्बन्धमा मन्त्रालयबाट चालिने कदम पारदर्शी र राष्ट्रिय हित केन्द्रित हुनेछ । र राखिने व्यहोरा जानकारी गराउँदछु । यसमा कुनै ढाकछोप गर्नुपर्ने विषय छैन ।’

मन्त्री तामाङले निगमका सम्बन्धमा लिने कुनैपनि निर्णय ढाकछोप गर्नेपर्ने कुनै कारण नरहेको स्पष्टिकरण पनि दिनुभयो ।