६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मैदानमै रगतको बान्ता, शरीरमा क्यान्सर रोग, तैपनि देशलाई विश्व च्याम्पियन बनाए’



अ+ अ-

एजेन्सी । २०११ को विश्वकपमा भारतीय ब्याट्सम्यान युवराज सिंहले गरेको चमत्कारको कल्पना गर्दा मात्रै मानिसको मन काँप्छ । आजकै दिन भारतले विश्वकपको उपाधि उचालेको थियो ।

शरीरमा क्यान्सर रोग हावी थियो र मैदानमा मुखबाट बान्ता भएर रगत निस्किरहेको थियो । तर ती व्यक्ति हार स्वीकार गर्न सक्दैनन् । भारतको भूमिमा खेलिएको विश्वकपमा युवराजको जोशभन्दा ठूलो केही थिएन । उनको टाउकोमा एउटै जोश थियो र त्यो पनि भारतलाई विश्व च्याम्पियन बनाउने भोक ।

गौतम गम्भीरको ९७ रनको इनिङ्स होस् वा महेन्द्र सिंह धोनीको ब्याटबाट निस्केको छक्का अझैपनि फ्यानहरु ती पल सम्झन्छन् । तर, भारतीय टोली उक्त फाइनलमा पुग्न सफल भएकामा युवराजको ठूलो भूमिका थियो ।

युवराज सिंहका लागि पूरै विश्वकप २०११ अचम्मको रह्यो । तर, प्रतियोगिताको क्वार्टरफाइनलमा अस्ट्रेलियाविरुद्ध खेलेको उनको इनिङ्स सबैभन्दा विशेष मानिएको छ ।

डिफेन्डिङ च्याम्पियनलाई विश्वकपबाट बाहिर निकाल्नु सानो कुरा भने थिएन । २६१ रनको लक्ष्य पछ्याएको भारतीय टोलीले १६८ रनको स्कोरमा ४ विकेट गुमाएको थियो । युवराज मैदानमा आइपुग्छन् । १९ रन स्कोर बोर्डमा, कप्तान धोनी पनि प्याभिलियन तर्फ लागे ।

खेलमा कंगारु (अष्ट्रेलिया)ले वर्चस्व कायम गर्न थालेपछि अहमदाबादमा सन्नाटा छायो । तर, भारतको सिंह छाती उचाल्दै अस्ट्रेलियाको अगाडि उभिएको थियो । दबाबले भरिएको यो खेलमा युवराजले ६५ बलमा ५७ रनको बलियो इनिङ खेले ।

युवी र सुरेश रैनाले अटूट अर्धशतकीय साझेदारी गर्दै भारतीय टोलीलाई सेमिफाइनलको टिकट दिलाएका थिए । ब्याटिङसँगै युवराजले यस खेलमा ब्राड ह्याडिन र माइकल क्लार्कको ठूलो विकेट पनि लिएका थिए ।

युवराज सिंहलाई टूर्नामेंटको बीचमा नै थाहा भयो कि उनी क्यान्सरजस्ता गम्भीर रोगबाट पीडित छन् । मैदानमा रगत बगिरहेको थियो र शरीरले प्रतिक्रिया दिइरहेको थियो । यद्यपी युवराजले विश्वकपभर यसबारे कसैलाई जानकारी दिएनन् । युवी आफ्नो पीडा र रोगसँग लड्दै रहे र २८ वर्षपछि भारतलाई क्रिकेट जगतको बेजोड राजा बनाएरै छाडे ।

सेमिफाइनलमा युवराजको ब्याटले काम गर्न नसके पनि भारतका स्टार खेलाडीले आफ्नो घुमाउरो बलले पाकिस्तानका दुई उत्कृष्ट ब्याट्सम्यानलाई फन्दामा पारेका थिए । युवीले असद शफिक र युनिस खानलाई प्याभिलियनको बाटो देखाएका थिए । दुई ओभरमा २ विकेट लिएर युवराजले सेमिफाइनल खेलमा उलटफेर ल्याएका थिए ।

सेमिफाइनल मात्र होइन, फाइनलमा पनि युवीको जादू चरम सीमामा थियो । युवराजले कुमार सांगकारा जो वानखेडे मैदानमा ४८ रन बनाएर सेट भइसकेका थिए उनलाई आउट पारे । यो विकेट त्यो थियो जसले उपाधि खेललाई धेरै हदसम्म भारतको पक्षमा पुर्‍यायो ।

युवराज सिंहले सन् २०११ को विश्वकपमा ९ खेलमा ८६.१९ को औसतमा ब्याटिङबाट ३६२ रन बनाएका थिए । युवीले ब्याटले भन्दा बलले बढी योगदान दिएका थिए । युवराजले प्रतियोगितामा ९ खेलमा १५ ब्याट्सम्यानलाई आफ्नो शिकार बनाएका थिए । जसका कारण उनी प्रतियोगिताको ‘प्लेयर अफ द टुर्नामेन्ट’ समेत चुनिए ।

एमएस धोनीको ब्याटबाट प्रहार गरेको त्यो विजयी प्रहारको खुशी युवीको आँखामा प्रष्ट देखिन्थ्यो । त्यो दिन सबैका आँखा भिजेका थिए तर ती आँखाहरु खुसीका थिए । २८ वर्षपछि पनि करोडौं भारतीय फ्यानहरूको सपना पूरा भएको थियो । क्यान्सरलाई पराजित गर्दै युवराजले देशलाई विश्वकप जिताउन सफल भएका थिए । युवीको साहस र कहिल्यै नमर्ने जोशलाई सारा संसारले सलाम गरेको थियो ।

 

 




भर्खरै