९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

‘मैदानमै रगतको बान्ता, शरीरमा क्यान्सर रोग, तैपनि देशलाई विश्व च्याम्पियन बनाए’

‘मैदानमै रगतको बान्ता, शरीरमा क्यान्सर रोग, तैपनि देशलाई विश्व च्याम्पियन बनाए’
अ अ+ अ-

एजेन्सी । २०११ को विश्वकपमा भारतीय ब्याट्सम्यान युवराज सिंहले गरेको चमत्कारको कल्पना गर्दा मात्रै मानिसको मन काँप्छ । आजकै दिन भारतले विश्वकपको उपाधि उचालेको थियो ।

शरीरमा क्यान्सर रोग हावी थियो र मैदानमा मुखबाट बान्ता भएर रगत निस्किरहेको थियो । तर ती व्यक्ति हार स्वीकार गर्न सक्दैनन् । भारतको भूमिमा खेलिएको विश्वकपमा युवराजको जोशभन्दा ठूलो केही थिएन । उनको टाउकोमा एउटै जोश थियो र त्यो पनि भारतलाई विश्व च्याम्पियन बनाउने भोक ।

गौतम गम्भीरको ९७ रनको इनिङ्स होस् वा महेन्द्र सिंह धोनीको ब्याटबाट निस्केको छक्का अझैपनि फ्यानहरु ती पल सम्झन्छन् । तर, भारतीय टोली उक्त फाइनलमा पुग्न सफल भएकामा युवराजको ठूलो भूमिका थियो ।

युवराज सिंहका लागि पूरै विश्वकप २०११ अचम्मको रह्यो । तर, प्रतियोगिताको क्वार्टरफाइनलमा अस्ट्रेलियाविरुद्ध खेलेको उनको इनिङ्स सबैभन्दा विशेष मानिएको छ ।

डिफेन्डिङ च्याम्पियनलाई विश्वकपबाट बाहिर निकाल्नु सानो कुरा भने थिएन । २६१ रनको लक्ष्य पछ्याएको भारतीय टोलीले १६८ रनको स्कोरमा ४ विकेट गुमाएको थियो । युवराज मैदानमा आइपुग्छन् । १९ रन स्कोर बोर्डमा, कप्तान धोनी पनि प्याभिलियन तर्फ लागे ।

खेलमा कंगारु (अष्ट्रेलिया)ले वर्चस्व कायम गर्न थालेपछि अहमदाबादमा सन्नाटा छायो । तर, भारतको सिंह छाती उचाल्दै अस्ट्रेलियाको अगाडि उभिएको थियो । दबाबले भरिएको यो खेलमा युवराजले ६५ बलमा ५७ रनको बलियो इनिङ खेले ।

युवी र सुरेश रैनाले अटूट अर्धशतकीय साझेदारी गर्दै भारतीय टोलीलाई सेमिफाइनलको टिकट दिलाएका थिए । ब्याटिङसँगै युवराजले यस खेलमा ब्राड ह्याडिन र माइकल क्लार्कको ठूलो विकेट पनि लिएका थिए ।

युवराज सिंहलाई टूर्नामेंटको बीचमा नै थाहा भयो कि उनी क्यान्सरजस्ता गम्भीर रोगबाट पीडित छन् । मैदानमा रगत बगिरहेको थियो र शरीरले प्रतिक्रिया दिइरहेको थियो । यद्यपी युवराजले विश्वकपभर यसबारे कसैलाई जानकारी दिएनन् । युवी आफ्नो पीडा र रोगसँग लड्दै रहे र २८ वर्षपछि भारतलाई क्रिकेट जगतको बेजोड राजा बनाएरै छाडे ।

सेमिफाइनलमा युवराजको ब्याटले काम गर्न नसके पनि भारतका स्टार खेलाडीले आफ्नो घुमाउरो बलले पाकिस्तानका दुई उत्कृष्ट ब्याट्सम्यानलाई फन्दामा पारेका थिए । युवीले असद शफिक र युनिस खानलाई प्याभिलियनको बाटो देखाएका थिए । दुई ओभरमा २ विकेट लिएर युवराजले सेमिफाइनल खेलमा उलटफेर ल्याएका थिए ।

सेमिफाइनल मात्र होइन, फाइनलमा पनि युवीको जादू चरम सीमामा थियो । युवराजले कुमार सांगकारा जो वानखेडे मैदानमा ४८ रन बनाएर सेट भइसकेका थिए उनलाई आउट पारे । यो विकेट त्यो थियो जसले उपाधि खेललाई धेरै हदसम्म भारतको पक्षमा पुर्‍यायो ।

युवराज सिंहले सन् २०११ को विश्वकपमा ९ खेलमा ८६.१९ को औसतमा ब्याटिङबाट ३६२ रन बनाएका थिए । युवीले ब्याटले भन्दा बलले बढी योगदान दिएका थिए । युवराजले प्रतियोगितामा ९ खेलमा १५ ब्याट्सम्यानलाई आफ्नो शिकार बनाएका थिए । जसका कारण उनी प्रतियोगिताको ‘प्लेयर अफ द टुर्नामेन्ट’ समेत चुनिए ।

एमएस धोनीको ब्याटबाट प्रहार गरेको त्यो विजयी प्रहारको खुशी युवीको आँखामा प्रष्ट देखिन्थ्यो । त्यो दिन सबैका आँखा भिजेका थिए तर ती आँखाहरु खुसीका थिए । २८ वर्षपछि पनि करोडौं भारतीय फ्यानहरूको सपना पूरा भएको थियो । क्यान्सरलाई पराजित गर्दै युवराजले देशलाई विश्वकप जिताउन सफल भएका थिए । युवीको साहस र कहिल्यै नमर्ने जोशलाई सारा संसारले सलाम गरेको थियो ।