१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

पर्वतको जलजलामा एक दम्पती मृतावस्थामा फेला

पर्वतको जलजलामा एक दम्पती मृतावस्थामा फेला
सांकेतिक तस्बिर ।
अ अ+ अ-

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पती मृतावस्थामा फेला परेका छन् ।

स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन् । स्थानीयले श्रीमान्–श्रीमती नै मृतावस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए ।

स्थानीयको खबर लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।

“घटनाको प्रारम्भिक अवस्था हेर्दा शङ्कास्पद देखिएको छ”, उहाँले भन्नुभयो, “पोखराबाट चिकित्सकसहितको टोली बोलाएर थप अनुसन्धानपछि मात्र घटनामा यकिन विवरण आउनेछ ।”

जलजला गाउँपालिका–२ का वडाअध्यक्ष प्रकाश जिसीले घरभित्रै हत्या भएको जस्तो प्रकृतिमा दम्पतीको शव बिहान ९ बजे भेटिएकोे जानकारी दिनुभएको । दुवै जना रगताम्य अवस्थामा भेटिनुभएको थिए । उहाँका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आउनुभएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस