• ३० चैत्र २०८०, शुक्रबार
  •      Fri Apr 12 2024
  •   Unicode
Logo
Latest
★   वर्षान्त २०८०: विद्यालय शिक्षा विधेयकले तताएको वर्ष ★   सुनकोसी मरिण डाइभर्सन: वैशाख २६ गते ब्रेक थ्रुको तयारी ★   लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत ★   मलेसियाविरुद्ध नेपालले टस हार्यो, पहिला फिल्डिङ गर्दै ★   सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु हुँदैन: प्रमुख सचेतक बर्तौला ★   काँग्रेसले चल्न नदिएपछि संसद अन्त्य भयो: ओली ★   विसं २०८०: मेलम्ची पर्खंदै बित्यो आधा वर्ष ★   गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी ★   सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन ★   राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य नियुक्त गर्न सिफारिस

सहकारी प्रकरणमा रास्वपाका नेताहरुको नाम जोडिएपछि गृहमन्त्री: प्रश्न उठ्दैमा आत्तिहाल्नु पर्दैन



काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा आत्तिहाल्नु नपर्ने बताउनुभएको छ ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सञ्चारमाध्ययमा पार्टी सपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुसिएको बारेमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रश्न उठ्दैमा आत्तिन आवश्यक नरहेको जिकिर गर्नुभयो ।

उहाँले समाचामा आउने सबै सत्य नहुने भन्दै उहाँले सत्य के हो त्यसको खोजि गरेर समाचार प्रकाशन एवं प्रशारण गर्न आग्रह गर्नुभयो । उहाँले एक जना पत्रकार र पत्रिकामा समाचार छापिने बित्तिकै दोष प्रमाणित नहुने बताउनु भयो । उहाँले प्रमाणित भएको कुरा र प्रचारबाजीमा फरक रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘समाचार आएपछि पुग्यो, तपाईहरुले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो की होइन, भन्नेकुरा । हेडलाइनमा एउटा क्वेशन राखेर ठगीमा ? भनेर क्वेशन राखिदिएको हो की, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो की ? भन्नु नपर्ने ? छापिदिएपछि पुग्यो । साथीहरु त पत्रकार नै हुनुहुन्छ जस्तो लाग्छ, सबैजना । एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भनेत सकिहाल्यो । होइन, तपाईहरुको अन्य साथीहरुले के रहेछ भनेर हेर्दा, खोज्दा सुन्दा, प्रश्न उठाउने, आशंकाहरु अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ । त्यहाँ एउटा क्वेशन मार्क राखेको छ, क्वेशन त गर्न पाइन्छ । प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक छ । प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन । सदनमा उठेका कुरा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ ।’

उहाँले सदनमा उठेका कुरामा आफूले जवाफ दिन पाउनुपर्ने माग गर्नुभयो ।