• ३० चैत्र २०८०, शुक्रबार
  •      Fri Apr 12 2024
  •   Unicode
Logo
Latest
★   लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत ★   मलेसियाविरुद्ध नेपालले टस हार्यो, पहिला फिल्डिङ गर्दै ★   सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु हुँदैन: प्रमुख सचेतक बर्तौला ★   काँग्रेसले चल्न नदिएपछि संसद अन्त्य भयो: ओली ★   विसं २०८०: मेलम्ची पर्खंदै बित्यो आधा वर्ष ★   गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी ★   सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन ★   राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य नियुक्त गर्न सिफारिस ★   प्रतीक्षित चलचित्र ‘पुजार सार्की’को टिजर सार्वजनिक: फरक भूमिकामा देखिए आर्यन, प्रदीप र पल ★   संसदको हिउँदे अधिवेशन वैशाख २ बाट अन्त्य गर्ने निर्णय

बागमतीमा मन्त्रिपरिषद् विस्तार, एमालेका चार मन्त्री थपिँदै



फाईल फोटो

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले नेकपा एमालेका चार जना सांसदलाई मन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोखरेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ नियुक्त हुने भएका छन् । मन्त्रीहरूको शपथ आजै दिउँसो ३ बजे हुने बताइएको छ ।

योसँगै बागमती सरकारमा एक विना विभागीय मन्त्रीसहित १३ सदस्यीय मन्त्रीमण्डल बन्ने भएको छ । जसमा माओवादीको तर्फबाट मुख्यमन्त्रीसहित ४ जना, एमालेबाट ५ जना, समाजवादीवाट विना विभागीय मन्त्री सहित ३ र हाम्रो नेपाली पार्टीबाट १ जना मन्त्री बनेका छन् ।