१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

पर्यटन ऐन तत्काल परिमार्जन गर्न आवश्यक: एमाले सांसद भट्टराई

पर्यटन ऐन तत्काल परिमार्जन गर्न आवश्यक: एमाले सांसद भट्टराई
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पर्यटन ऐनलाई तत्काल परिमार्जन गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले पर्यटन ऐन, २०३० लाई तत्काल अध्यावधिक गरी समय सान्दर्भिक बनाउन सरकारलाई दबाब दिनुभएको हो । सांसद भट्टराईले पर्यटन रणनीतिक योजनाले प्रक्षेपण गरेको सन २०२५ सम्ममा नेपालमा आउने वार्षिक पर्यटनको संख्या २५ लाख २२ हजार पुर्‍याउने लक्ष्य पूरा हुनेगरी काम गर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले पोखरालाई पर्यटकको राजधानी घोषणा गर्ने काम गरेकोमा सरकारप्रति आधार व्यक्त गर्दै त्यसको औचित्य पुष्टि हुनेगरी काम गर्न पनि आग्रह गर्नुभयो ।

सांसद भट्टराईले भन्नुभयो, ‘पर्यटक राजधानी त पोखरालाई घोषणा गर्‍यौं । तर घोषणा गर्नुको औचित्य र आवश्यकता पूरा गर्न कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ । पर्यटन उद्योगले निर्यात बस्तुको ३८ प्रतिशत र गैर उद्योग सेवाहरुको कूुल २० प्रतिशत साथै विदेशी विनिमय आर्जनको झण्डै ४ प्रतिशत योगदान पुर्‍याउँछ ।’

‘नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान ४ प्रतिशत रहेको छ । पर्यटन रणनीतिक योजनाले सन् २०२५ सम्म नेपालमा आउने वार्षिक पर्यटकको संख्या २५ लाख २२ हजार पुग्ने तथा जिडिपिमा नौं प्रतिशत भन्दा योगदान पर्यटनको रहने प्रक्षेपण गरेको छ । पर्यटन विकासको खाका समेत तय गरेको छ । तर अहिलेसम्म पनि पर्यटन ऐन २०३० लाई हामीले परिमार्जन गर्न सकेका छैनौं । हाम्रो पहिलो काम आजको सन्दर्भमा सान्दर्भिक हुने गरी पर्यटन ऐन निर्माण गर्नु अनिवार्य छ ।’

सांसद भट्टराईले पर्यटन क्षेत्र नेपालको विकासका लागि अति उपयोगी हुने भएकाले पनि सरकारले त्यसको विकास विशेष जोड दिनुपर्ने बताउनु भयो ।