• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

गृहमन्त्रीलाई काँग्रेस सांसद यादवको आग्रह– आरोपलाई टुंगोमा पुर्‍याउन सहयोग गर्नुस्



काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणको अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद यादवले सहकारी प्रकरणमा छानविनका लागि सहयोग गर्न गृहमन्त्री लामिछानेलाई आग्रह गर्नुभएको हो । उहाँले सो आरोपको निष्पक्ष छानविन गरेर सत्यतथ्य बाहिर नल्याएसम्म गृहमन्त्रीलाई आरोपले नछोड्ने र जिन्दगीभर लखेट्ने बताउनु भयो । उहाँले संसदीय समिति बनाएर अनुसन्धान गर्नु गृहमन्त्रीकै हितमा हुने बताउनु भयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि हाम्रो नयाँ कृषि सहकारी संस्थामा हुँदा निक्षेपकर्ताको चार करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको बताउनु भयो । रास्वपाका यि दुई नेताहरुमाथि पनि निष्पक्ष छानविन गर्न उहाँले माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मेरो आग्रह माननीय गृह मन्त्रीलाई पनि छ, गृहमन्त्रीले केही नयाँ गर्छु भनेर आउनु भएको छ । सकेसम्म चाँडो छानविन समिति बनाएर आरोपलाई टुंगोमा पुर्‍याउन सहयोग गर्नुहोस् । यो आरोपमा निष्पक्ष छानविन गरेर सत्यतथ्य बाहिर नल्याएको सम्बन्धमा यो आरोपले तपाईलाई कहिल्यै छोड्नेछैन । जिन्दगीभर लखेट्ने छ । त्यसकारण समिति बनाएर यो विषयमा अनुसन्धान हुने कुरा यो तपाईकै हितमा हुन्छ । म गृहमन्त्रीलाई प्रश्न गर्न चाहन्छु, तपाई पत्रकार रहँदा गोर्खा मिडिया प्रा.लि.मा २०७७ चैत्रदेखि २०७९ असारसम्म तपाई संलग्न भएको हो कि होइन ? सञ्चालक र प्रवन्ध निर्देशक भएको हो कि होइन ? गोर्खा मिडियामा करोडौँ लगानी भएको हो कि होइन ? ८० करोडभन्दा बढी रकम सहकारीबाट लिएको हो कि होइन ? तथ्यले बताउँछ सहकारीको पैसा तपाईको संस्थामा आएको छ ।’

‘त्यो पैसा कसको हो त ? तपाईको व्यक्तिगत पैसा होइन । कसैले दान दिएको पनि होइन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निपेक्षकर्ताले ४ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको विषय छ । सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए । सो सहकारीमा पनि अस्वभाविक रुपमा गोर्खा मिडियाका अध्यक्ष जिबि राईलाई भित्र्याइएको छ । त्यो काम श्रममन्त्रीको हो भन्ने छ । यो सहकारीको छानविनलाई पनि प्रभावित पार्न खोजिएको भन्ने छ । निष्पक्ष छानविन आवश्यक छ । संसदीय समिति बनाऔँ ।’

उहाँले सहकारी प्रकरणमा छानविन गर्न संसदीय समिति बनाउने कुरा नेपाली काँग्रेसको अनिवार्य शर्त भएको स्पष्ट पार्नुभयो ।