• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

राजस्थानको लगातार तेस्रो जित, मुम्बईको लगातार तेस्रो हार



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले लगातार तेस्रो हार बेहोरेको छ ।

राजस्थान रोयल्सले मुम्बईलाई उसकै घरेलु मैदानमा ६ विकेटले पराजित गरेको हो । यो सिजनमा राजस्थानको लगातार तेस्रो जित समेत हो ।

सोमबार मुम्बईको वानखेडे स्टेडियममा मुम्बईले पहिले ब्याटिङ गरेको थियो । टिमले २० ओभरमा ९ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

राजस्थानले १५.३ ओभरमा १२६ रनको लक्ष्य पुरा गरेको थियो । टोलीका तर्फबाट रियान परागले अर्धशतक प्रहार गरे भने उनी ५४ रन बनाएर नटआउट रहे ।

मुम्बई इन्डियन्स राजस्थान रोयल्सविरुद्ध फ्लप साबित भयो । हार्दिक पाण्ड्याको नेतृत्वमा टिमले २० ओभरमा ९ विकेट गुमाएर १२५ रन बनाएर मुम्बईलाई १२६ रनको सामान्य लक्ष्य दिएको थियो ।

यस खेलमा मुम्बईको शीर्ष क्रमको प्रदर्शन निराशाजनक रह्यो । टोलीलाई पहिलो ओभरमा रोहित शर्मा र नमन धीरको रूपमा दुई झट्का लागेको थियो । राजस्थानका ट्रेन्ट बोल्टले आफ्नो घातक बलिङ प्रदर्शन गर्दै लगातार दुई बलमा दुई विकेट लिए ।

इनिङ्सको तेस्रो ओभरमा पनि बायाँ हाते बलरले डेभल्ड ब्रेभिसको रूपमा तेस्रो सफलता हासिल गरे । तीनै ब्याट्सम्यान खाता नखोलेर आउट भए । टोलीलाई चौथो झटका २० रनको स्कोरमा इशान किशनको रुपमा लाग्यो । उनी चौथो ओभरको तेस्रो बलमा नान्द्रे बर्गरबाट सञ्जु सामसनको हातमा क्याच आउट भए ।

यो खेलमा राजस्थानका बलरहरूले मुम्बईका ब्याट्सम्यानलाई त्रसित बनाएका थिए । तिलक वर्मा र हार्दिक पाण्ड्याबीच पाँचौं विकेटका लागि ५६ रनको साझेदारी भएको थियो, जसलाई युजवेन्द्र चहलले ७६ रनको स्कोरमा तोडेका थिए ।

राजस्थान विरुद्ध कप्तान पाण्ड्याले २१ बलमा ३४ रन बनाउन सके । यस अवधिमा उनको ब्याटबाट ६ चौका निस्कियो । त्यसपछि सातौं नम्बरमा ब्याटिङ गर्न आएका पियुष चावलाले तीन रन मात्रै बनाउन सके । उनलाई आवेश खानले आउट गरेका थिए ।

यस खेलमा मुम्बईको मेरुदण्डका रुपमा उभिएका तिलक वर्मा पनि आउट भए । युजवेन्द्र चहलले उनलाई आफ्नो शिकार बनाए । युवा ब्याट्सम्यान २९ बलमा ३२ रन बनाएर फर्किए । यस खेलमा जेराल्ड कोएट्जीले चार र टिम डेभिडले १७ रन बनाए । त्यसैगरी बुमराह आठ रन बनाएर अविजित रहे भने आकाश मधवालले चार रन बनाएर अविजित रहे ।

मुम्बईविरुद्ध राजस्थानका बलरहरूले घातक बलिङ गरे । ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले तीन–तीन विकेट लिए । योसँगै नान्द्रे बर्गरले दुई विकेट लिए भने आवेश खानले एक विकेट लिए ।

आजको खेलः रोयल च्यालेन्जर्स बैंगलोर भर्सेस लखनउ सुपर जायन्ट्स – साँझ ७ः४५ बजे