२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले मागे विश्वासको मत



अ+ अ-

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत मागेका छन् ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत मागेका हुन् ।

उनले १४ महिनामा आफ्नो नेतृत्वको सरकारले नीतिगत काम धेरै गरेको दाबि गरे । उनले प्रदेश र प्रदेश सरकारको स्थायित्व र प्रदेशबासीको चाहनाअनुसार काम गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

११० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत देखिन्छ । माओवादी केन्द्रका जम्कट्टेलले एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका समर्थनमा विश्वासको मत लिँदैछन् ।

बागमतीमा एमाले (२७), माओवादी केन्द्र (२१) र एकीकृत समाजवादी (७) गरि गठबन्धनका ५५ र हाम्रो नेपाली पार्टी का एक सांसद रहेका छन् ।