१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

शिक्षामा पर्याप्त बजेट विनियोजन गर्न सांसदहरुको माग

शिक्षामा पर्याप्त बजेट विनियोजन गर्न सांसदहरुको माग
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरुले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गरेका छन् ।

सोमवारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै सांसदहरुले सरकारले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले नेपालमा कृषि र शिक्षा क्षेत्रमा लगानी गरेर नै विकास र समृद्धि सम्भव रहेको भन्दै शिक्षामा लगानी बढाउन जोड दिए । उनीहरुले सांसदहरुका आफ्नाआफ्ना चाहनाअनुसार बजेट माग गरेपनि प्राथमिकताका आधारमा मात्रै बजेट छुट्याउन आवश्यक रहेको बताए । परम्परावादी बजेटलाई ब्रेक गरेर अघि बढेमात्रै शिक्षा क्षेत्रमा परिवर्तन गर्न सम्भव रहेको बताए । समितिको बैठकमा बोल्दै नकेपा (माओवादी केन्द्र) बाट राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले नयाँ आवमा शिक्षामा धेरै छुट्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले पुरानो र परम्परावादी बजेटबाट शिक्षा क्षेत्रमा सुधार गर्न सम्भव नहुने जिकिर गर्नुभयो । उहाँले निजी, सरकारी विद्यालयहरुको पाठ्यक्रम एउटै बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले अहिले नयाँ आउने आवमा शिक्षामा बजेट कति छुट्याउँछौँ, कनिका छरेको जस्तै चारतिर बजेट छरेर हुँदैन, अपेक्षा त छन्, चारैतिर । जनताले विश्वास गरेर आएका प्रतिनिधिको अपेक्षा त हुन्छ, तर देश बनाउन कुनै न कुनै ठाउँ छानेर प्राथमिकता दिनुपर्छ । एउटा कृषि र अर्को शिक्षा हो । पुरानो र परम्परावादी बजेटबाट त केही हुँदैन, त्यसलाई ब्रेक गर्ने ठाउँ छ की छैन । एउटै पाठ्यक्रम बनाउनसक्ने स्थितिमा आउँछौँ की आउँदैनौँ । यसले मात्रै दिशा सोझ्याउन सक्छौँ, यो बाहेक सबै स्टन्टबाजी हुन्छन् । पाठ्यक्रम एउटै बनाउन आवश्यक छ ।’

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद इन्दिरा गौतमले शिक्षा विकासका मेरुदण्ड रहेकाले पर्याप्त बजेट छुट्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले बालविकास केन्द्रलाई अझै व्यवस्थित बनाइ शिक्षालाई अगाडि बढाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शिक्षा विकासका मेरुदण्ड हो । त्यसकारणले यसलाई पर्याप्त मात्रामा बजेट छुट्याउनुपर्छ । साथै शिक्षालाई माथि उठाउनुपर्छ, बालबालिकाहरु धेरै कुरासँग गाँसिन्छ, दिमागको विकास भनेको धेरै कुरासँग गाँसिन्छ । हामीले बालविकास केन्द्र ठाउँ ठाउँमा राखेका छौँ, त्यसबाट नै हामीले शिक्षालाई अघि बढाउनुपर्छ ।’

बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद राजेन्द्रलक्ष्मी गैरेले बाल विकासका शिक्षकलाई स्थायी बनाउनुपर्ने माग गर्नुभयो । उहाँले बालबालिकाहरुको स्याहार गरेर बस्ने शिक्षक शिक्षिकाहरुको पारिश्रमीक पनि बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बालशिक्षामा अलिकति त कुरा उठ्यो । बालशिक्षा सहयोगीको कुरा । आज हामी एक हप्ता घरमा बच्चा राख्दा हाम्रो बच्चा हामी सुरक्षित गर्न नसक्ने, हाम्रो बच्चाले दिशापिसाव गर्नेकुराको स्याहार गरेर बालविकास सहयोगीले हुर्काइदिने, त्यति मेहनत गरेको बाल सहयोगी आजसम्म स्यालरीको विभेद छ । उसले गरेको मेहनतअनुसारको स्थायी हुनुपर्छ । यो सर्वोत्तम हितमा हुन्छ । बाल शिक्षकलाई स्थायी गर्नुपर्छ ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले शिक्षा कुनैपनि देशको आर्थिक, सामाजिक विकासको लागि सबैभन्दा महत्वपूर्ण कुरा रहेकाले शिक्षामा आवश्यक बजेट विनियोजन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले बजेट राखेर मात्रै नहुने भन्दै उहाँले कार्यान्वयनमा पनि जोड दिन सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘शिक्षा भन्नेकुरा कुनैपनि देशको आर्थिक, सामाजिक विकासको लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । शिक्षामा हामीले विशेष जोड दिनुपर्छ । शिक्षामा बजेट धेरै राख्नुपर्छ । तर बजेट मात्रै राखेर हुँदैन । हामीले विगत हेर्ने हो भनेपनि अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौँ । गुणस्तरीय शिक्षा, सामुदायिक शिक्षा र निजी शिक्षा, विद्यालयहरुबीचको अन्तर सम्बन्ध र स्तरहरु फरक भएका कारणले गर्दा हामी नै सामुदायिक विद्यालयमा नपढाइकन निजी विद्यालयमा पढाउन लैजान्छौँ । हामी शिक्षा नीति तय गर्ने अधिकारीहरु नै आफ्ना बच्चालाई सकेसम्म सामुदायिक विद्यालयमा पठाउँदैनौँ, त्यसको पछिको कारण गुणस्तरीय नभएको कारण नै हो ।’

उहाँले सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा नभएकै कारण निजी विद्यालयहरुमा विद्यार्थीहरुको भीड लाग्ने गरेको भन्दै सामुदायिक विद्यालयको शिक्षा गुणस्तर वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो ।