१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न सांसद भुसालको माग

नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न सांसद भुसालको माग
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) की सांसद सरिता भुसालले नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भुसालले नारायणगढ–बुटवल सडकखण्ड निर्माणका लागि दुई पटक म्याद थप गरेपनि हालसम्म आयोजना सम्पन्न हुन नसकेको बताउनु भयो । उहाँले सडक निर्माण सम्पन्न नहुँदा यात्रु तथा स्थानीयले धेरै दु:ख झेल्नुपरेको भन्दै वर्षायाम अघि नै निर्माण सम्पन्न गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले पटक–पटक समय थप गर्दापनि निर्माण सम्पन्न हुन नसक्नुको कारण पहिचान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘वर्षायाम शुरु हुनु अगावै यात्रुहरुले थप समस्या भोग्नु नपरोस् भन्ने कुरामा सरकारको ध्यानाकृष्ट होस् । पटक–पटक समयावधि थप गरिदा पनि योजना सम्पन्न हुन नसक्नुका कारण पहिचान गरी कम्पनीलाई अझ गतिशिल रुपमा कार्य अगाडी बढाउन सरकारले समय समयमा निगरानी गरी यस समस्याबाट छिट्टै मुक्त गरोस् । दुर्घटना दिनप्रतिदिन बढ्दैछ । लामो दुरीमा चल्ने सवारी साधनमा एकभन्दा बढी चालकको व्यवस्था गर्ने गर्नुपर्‍यो । सडकको स्तरोन्नति गर्नुपर्‍यो ।’

सांसद भुसालले सवारी दुर्घटना न्युनिकरण गर्नका लागि लामो दूरीको सवारी साधनमा दुईजना चालकको व्यवस्था गर्नुपर्ने र सडकको स्तरोन्नति गर्नुपर्ने पनि बताउनु भयो ।