२२ मंसिर २०८२, सोमबार
,
Latest
कुवेतमा अलपत्र महिला कामदारको तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देश यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु सर्वोच्चद्वारा हितेन्द्रदेवलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर सरकारप्रति अधिकारकर्मीहरुको असन्तुष्टि सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल: पाँच पटकको च्याम्पियन मुम्बई सिजनको पहिलो जित खोज्दै, राजस्थान तेस्रो जितको खोजिमा



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्दैछन् । मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा हुनलागेको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजेबाट सुरु हुनेछ ।

पाँच पटकको च्याम्पियन मुम्बई आफ्नो सुरुवाती दुवै खेल हारेर अंक तालिकाको पुछारमा छ । अर्कोतर्फ सञ्जु सैमसनको कप्तानीमा रहेको राजस्थानको टोली सुरुवाती दुवै खेल जितेर तेस्रो स्थानमा छ ।

मुम्बई र राजस्थानबिचको हेड-टु-हेड

आईपीएलमा मुम्बई र राजस्थानबीच हालसम्म २८ खेल खेलिएको छ । जसमा मुम्बईले १५ खेल जितेको छ भने राजस्थानले १२ खेल हात पारेको छ । एक खेल भने अनिर्णित रह्यो ।

अहिलेसम्म दुई टोलीबीच वानखेडे रंगशालामा भएको ८ खेलमा मुम्बईले ५ र राजस्थानले ३ खेल जितेको छ । मुम्बईले वानखेडे स्टेडियममा खेलेको ७८ खेलमा टोलीले ६१५ अर्थात ४८ खेल जितेको छ।

पहिलो दुई खेलमा हार बेहोरेको मुम्बई इन्डियन्स ब्याटिङ र बलिङ दुवै असफल भयो । यो सिजन टिमका लागि तिलक वर्माले सर्वाधिक रन बनाए । उनले २ खेलमा ८९ रन बनाएका छन् । बलिङमा जसप्रित बुमराहले टिममा सर्वाधिक ३ विकेट लिएका छन् ।

यस्तै, सुरुका दुई खेलमा राजस्थान रोयल्सका ब्याट्सम्यानदेखि बलरसम्म सबैजना फर्ममा देखिन्छन् । राजस्थानका शीर्ष क्रमका युवा ब्याट्सम्यान रियान परागले टिमका लागि सर्वाधिक १२७ रन बनाएका छन् । बलिङतर्फ स्पिनर युजभेन्द्र चहलले सर्वाधिक ३ विकेट लिएका छन् ।

पिच रिपोर्ट

वानखेडेको पिच सामान्यतया ब्याट्सम्यानका लागि बढी सहयोगी साबित हुन्छ। उच्च स्कोरिङ खेलहरू यहाँ देखिएका छन्। यो विकेटमा पेसर्सले पनि सहयोग पाउँछन् । विशेष गरी नयाँ बलमा बलिङ गर्दा यहाँका बलरहरूले राम्रो स्विङ र बाउन्स पाउँछन्।

हालसम्म यहाँ १०९ आईपीएल खेलहरू खेलिएका छन्।

मौसम अवस्था

सोमबार मुम्बईमा मौसम राम्रो रहनेछ। पानी पर्ने कुनै सम्भावना छैन । तापक्रम २४ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहनेछ।

मुम्बई इन्डियन्सको प्लेईङ ११:

हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकीपर), नमन धीर, तिलक वर्मा, रोमारियो शेफर्ड, टिम डेभिड, शाम्स मुल्लानेरकुमार कार्तिकेय, पियुष चावला, जेराल्ड कोएत्जी र जसप्रित बुमराह।

इम्पैक्ट प्लेयर: नुवान तुषारा, आकाश मधवाल, नेहल वढेरा।

राजस्थान रोयल्सको प्लेईङ ११:

सञ्जु सैमसन (विकेटकीपर र कप्तान), यशस्वी जैसवाल, जोस बटलर, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र आवेश खान।

इम्पैक्ट प्लेयर: नान्द्रे बर्गर।