९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

आईपीएल: पाँच पटकको च्याम्पियन मुम्बई सिजनको पहिलो जित खोज्दै, राजस्थान तेस्रो जितको खोजिमा

आईपीएल: पाँच पटकको च्याम्पियन मुम्बई सिजनको पहिलो जित खोज्दै, राजस्थान तेस्रो जितको खोजिमा
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्दैछन् । मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा हुनलागेको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजेबाट सुरु हुनेछ ।

पाँच पटकको च्याम्पियन मुम्बई आफ्नो सुरुवाती दुवै खेल हारेर अंक तालिकाको पुछारमा छ । अर्कोतर्फ सञ्जु सैमसनको कप्तानीमा रहेको राजस्थानको टोली सुरुवाती दुवै खेल जितेर तेस्रो स्थानमा छ ।

मुम्बई र राजस्थानबिचको हेड-टु-हेड

आईपीएलमा मुम्बई र राजस्थानबीच हालसम्म २८ खेल खेलिएको छ । जसमा मुम्बईले १५ खेल जितेको छ भने राजस्थानले १२ खेल हात पारेको छ । एक खेल भने अनिर्णित रह्यो ।

अहिलेसम्म दुई टोलीबीच वानखेडे रंगशालामा भएको ८ खेलमा मुम्बईले ५ र राजस्थानले ३ खेल जितेको छ । मुम्बईले वानखेडे स्टेडियममा खेलेको ७८ खेलमा टोलीले ६१५ अर्थात ४८ खेल जितेको छ।

पहिलो दुई खेलमा हार बेहोरेको मुम्बई इन्डियन्स ब्याटिङ र बलिङ दुवै असफल भयो । यो सिजन टिमका लागि तिलक वर्माले सर्वाधिक रन बनाए । उनले २ खेलमा ८९ रन बनाएका छन् । बलिङमा जसप्रित बुमराहले टिममा सर्वाधिक ३ विकेट लिएका छन् ।

यस्तै, सुरुका दुई खेलमा राजस्थान रोयल्सका ब्याट्सम्यानदेखि बलरसम्म सबैजना फर्ममा देखिन्छन् । राजस्थानका शीर्ष क्रमका युवा ब्याट्सम्यान रियान परागले टिमका लागि सर्वाधिक १२७ रन बनाएका छन् । बलिङतर्फ स्पिनर युजभेन्द्र चहलले सर्वाधिक ३ विकेट लिएका छन् ।

पिच रिपोर्ट

वानखेडेको पिच सामान्यतया ब्याट्सम्यानका लागि बढी सहयोगी साबित हुन्छ। उच्च स्कोरिङ खेलहरू यहाँ देखिएका छन्। यो विकेटमा पेसर्सले पनि सहयोग पाउँछन् । विशेष गरी नयाँ बलमा बलिङ गर्दा यहाँका बलरहरूले राम्रो स्विङ र बाउन्स पाउँछन्।

हालसम्म यहाँ १०९ आईपीएल खेलहरू खेलिएका छन्।

मौसम अवस्था

सोमबार मुम्बईमा मौसम राम्रो रहनेछ। पानी पर्ने कुनै सम्भावना छैन । तापक्रम २४ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहनेछ।

मुम्बई इन्डियन्सको प्लेईङ ११:

हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकीपर), नमन धीर, तिलक वर्मा, रोमारियो शेफर्ड, टिम डेभिड, शाम्स मुल्लानेरकुमार कार्तिकेय, पियुष चावला, जेराल्ड कोएत्जी र जसप्रित बुमराह।

इम्पैक्ट प्लेयर: नुवान तुषारा, आकाश मधवाल, नेहल वढेरा।

राजस्थान रोयल्सको प्लेईङ ११:

सञ्जु सैमसन (विकेटकीपर र कप्तान), यशस्वी जैसवाल, जोस बटलर, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र आवेश खान।

इम्पैक्ट प्लेयर: नान्द्रे बर्गर।