४ पुष २०८२, शुक्रबार
,
Latest
रवि लामिछाने भरतपुर गएर भैरहवा जाने जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै



अ+ अ-

काठमाडौँ । नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृङ्खलाको उपाधि गुमाइसकको छ । आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पहिलो खेलमा २१ रनले तथा दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

शुक्रबार पहिलो खेलमा नेपाल ‘ए’ले लोकेश बमले शतकीय पारी खेले पनि नेपाली टोली विजयी हुन भने सकेन् । आयरल्याण्डले दुई सय २३ रनको चुनौती दिए पनि नेपालको पारी १९ दशमलव तीन ओभरमा दुई सय एक रनमा समेटियो । नेपालका लागि बमले ५६ बल खेल्दै नौ चौका र आठ छक्काको मद्दतमा एक सय ६ रन बनाएका थिए । यस्तै आशिफ शेखले ४९ रन बनाए ।

आयरल्यान्ड ‘ए’सँगको पहिलो खेलमा बलिङतर्फ भने नेपाल ‘ए’ का कमलसिंह ऐरीले तीन तथा सागर ढकाल र आरिफ शेखले एक एक विकेट लिएका थिए ।

यस्तै शनिबार भएको दोस्रो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’सामु जितका लागि दुई सय २५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपाल ‘ए’ले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ८४ रन मात्र बनाउन सक्यो । उक्त खेलमा ब्याटिङतर्फ देव खनालले ४७, बसिर अहमदले २७, बिनोद भण्डारीले २६ र लोकेश बमले २५ रन बनाए ।

बलिङतर्फ भने सो खेलमा नेपाल ‘ए’का सागर ढकालले तीन तथा कमलसिंह ऐरी र पवन सर्राफले एक एक विकेट लिए । दुवै खेलमा नेपाल ‘ए’ले सुरुआती ब्याटिङ उत्कृष्ट गरेपनि मध्यक्रम र तल्लोक्रम चल्न नसक्दा हार बेहोर्नु परेको हो । मध्यक्रम र तल्लोक्रमका ब्याटरले सम्हालिएर खेल्न नसक्दा आयरल्यान्ड ‘ए’सँगको शृङ्खला नेपाल‘ए’ले गुमाउन पुगेको हो । नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग बुधबारदेखि तीन एकदिवसीय सिरिज खेल्नेछ ।