३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै



अ+ अ-

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेल विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकाबीच हुनेछ । विराटनगर लिगको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबसँग अङ्क दूरी घटाउने लक्ष्यका साथ मैदानमा उत्रने छ । विराटनगरले हालसम्म छ खेलमा १० अङ्क जोडेको छ । विराटनगर तेस्रो स्थानमा छ । चन्द्रपुर प्रतियोगितामा दोस्रो जितका लागि प्रयास गर्नेछ भने लिगको छैटौँ स्थानमा रहेको चन्द्रपुरको छ खेलबाट तीन अङ्क छ । सो खेल मध्याह्न १२ बजे हुनेछ । 

यसैगरी दोस्रो खेल नेपाल पुलिस क्लब र वालिङ नगरपालिबीच हुनेछ । चौथो स्थानमा रहेको पुलिस क्लब जित निकाल्दै तेस्रो स्थानमा उक्लिने प्रयास गर्नेछ । वालिङ पनि खेल जितेर आफ्नो स्थान सुरक्षित राख्ने प्रयासमा रहने छ । पुलिस आठ अङ्क जोडेर लिगको चौथो स्थानमा छ भने वालिङ आठ अङ्कका साथ लिगको पाँचौं स्थानमा छ । सो खेल दिउँसो तीन बजे शुरु हुनेछ । 

प्रतियोगितामा मोरङको विराटनगर महानगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका, स्याङजाको वालिङ नगरपालिका, उदयपुरको चौदण्डगढी नगरपालिका, नेपाली सेनाको  त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब सहभागी रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।