२२ मंसिर २०८२, सोमबार
,
Latest
जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीले चेन्नईलाई २० रनले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ मा दिल्ली क्यापिटल्स (डीसी)ले पहिलो जित हासिल गरेको छ ।

टोलीले चालू सिजनको १३औं खेलमा चेन्नई सुपर किंग्स (सीएसके)लाई २० रनले पराजित गरेको हो । आइतबार विशाखापट्टनममा भएको दोस्रो खेलमा दिल्लीले २० ओभरमा १९१ रन बनाएको थियो ।

१९२ रनको लक्ष्यको सामना गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन मात्रै बनाउन सक्यो ।

चेन्नईका लागि अजिंक्य रहाणेले ३० बलमा ४५ रन बनाए भने एमएस धोनीले १६ बलमा ३७ रनको अविजित इनिङ खेले । उनले ४ चौका र ३ छक्का प्रहार गरे । दिल्लीका मुकेश कुमारले ३ विकेट लिए । खलील अहमदले पनि दुईवटा सफलता हात पारे ।

दिल्लीका लागि कप्तान ऋषभ पन्तले ३२ बलमा ५१ रनको इनिङ खेले । उनले ४ चौका र ३ छक्का प्रहार गरे । डेभिड वार्नर (५२ रन)ले आफ्नो आईपीएल करियरको ६२औँ अर्धशतक बनाए । पृथ्वी शाले २७ बलमा ४३ रन बनाए । चेन्नईका मथिशा पथिरानाले ३ विकेट लिए ।