• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   वीर अस्पतालको अनुगमनमा जे देखियो… ★   सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री ★   स्वयम्भूनाथ परिसरमा सागा दावाको उत्सव-फोटो फिचर ★   गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग ★   पृथ्वीको तापक्रम १.५ डिग्री माथि बढ्न नदिन सबैको पहल आवश्यक ★   श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल ★   गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश ★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने ★   बङ्लादेशमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान

वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न सांसद कार्कीको माग



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. तोसिमा कार्कीले वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मीहरु नियुक्त गर्न माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले वीर अस्पतालमा स्वास्थ्यकर्मीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको भन्दै तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न माग गर्नुभएको हो । उहाँले वीर अस्पतालमा ८३१ जनाको दरबन्दी स्वीकृत पनि भइसकेको भन्दै करारमा अथवा लोकसेवामार्फत जुन प्रक्रियामा भएपनि तुरुन्त स्वास्थ्यकर्मी नियुक्त हुनुपर्ने बताउनु भयो । उहाँले अघिल्लो स्वास्थ्यमन्त्रीले एकैपटक २७६ जना स्वास्थ्यकर्मीलाई वीर अस्पतालबाट निकालेर अस्पतालको सेवा नै अलपत्र पारेको भन्दै नयाँ स्वास्थ्यमन्त्रीले सेवामा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘वीर अस्पतालप्रति स्वास्थ्य मन्त्रालयको अघिल्लो नेतृत्वको नजर नपुगेको होइन, उहाँको नजर पुग्यो तर उहाँले अस्पतालको व्यवस्थापन नै ध्वस्त हुनेगरी एकैपटक २७६ जना स्वास्थ्यकर्मीहरुलाई निकालि दिनुभयो र अस्पतालको सेवा अलपत्र पारिदिनु भयो । आशा छ यस पटकका स्वास्थ्यमन्त्रीको ध्यान पुग्नेछ र अस्पतालको सेवामा सुधार ल्याउनुहुनेछ ।’

‘म स्वास्थ्यमन्त्रीज्युलाई अनुरोध गर्न चाहन्छु, एउटा यस्तो व्यवस्था गरियोस् जतिपनि देशभरीका अस्पतालहरुमा आइसियु बेड खाली छन्, कस्ता–कस्ता सेवाहरु दिइन्छन्, डाक्टरहरु कुन–कुन छन् भन्ने इन्फरमेशन हामीले वेवसाइटमार्फत् हेर्न सकियोस् । जहाँ नागरिकले फोन गरेर सोध्न, खोज्न सकुन् । वीर अस्पतालमा स्वास्थ्यकर्मी तत्कालै भर्ना गर्नुपर्नेछ । करारमा हुन्छ कि अथवा लोकसेवामार्फत् हुन्छ । ८३१ जनाको दरबन्दी स्वीकृत पनि भइसकेको छ । तत्कालै यसलाई प्राथमिकतामा राखेर स्वास्थ्य मन्त्रालयले यो गरोस् भनेर अनुरोध गर्न चाहन्छु ।’

उहाँले कुनै वेवसाइटमार्फत अथवा कुनै माध्यमबाट देशभरका अस्पतालमा कस्ता कस्ता सेवाहरु दिइन्छन् र कति आइसियु बेड खालि छन् भन्ने हेर्न सकिने व्यवस्था गर्न समेत माग गर्नुभयो ।