१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण
अ अ+ अ-

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण सुरु गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर गुरुङ मगर सांस्कृतिक एकता समाजले २९ फिट अग्लो मूर्ति निर्माण थालेको हो ।

यहाँ आज आयोजित कार्यक्रममा गुरुङ लामा बौद्ध एसोसिएसनका सदस्य खेन रिन्पोचे शिर लामाले उक्त मूर्तिको शिलान्यास गर्नुभयो । यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित २९ फिट अग्लो बुद्धको मूर्ति बनाउन लागिएको समाजका अध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । गौतम बुद्ध सबैको साझा व्यक्ति भएकाले बुद्धको मूर्ति निर्माणपछि समग्र नगरको प्रचारप्रसार हुनाका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

अध्यक्ष गुरुङका अनुसार बुद्ध मूर्ति निर्माणका लागि रु एक करोड बजेट लाग्ने अनुमान गरिएको छ । “समाजले चन्दा सङ्कलन गरी मूर्ति निर्माण गर्नेछ”, उहाँले भन्नुभयो, “समाजसँग आबद्ध देश तथा विदेशमा रहनेसँग पनि चन्दा सङ्कलन गर्दैछौँ ।”

एक्ले सामुदायिक वनभित्र रहेको यस ठाउँमा पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार भइसकेको छ । यस ठाउँलाई उजागर र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाउन एक्लेडाँडा पर्यटन प्रवर्द्धन समिति गठन गरिएको छ । समितिका अध्यक्ष विपेन्द्रसेन ठकुरीले बुद्धको प्रतिमा निर्माणपछि यसको संरक्षणका साथै थप प्रवर्द्धन हुने उल्लेख गर्नुभयो ।

प्रतिवेदनअनुसार पूर्वाधार निर्माणका लागि रु १२ करोड ५३ लाख ३४ हजार चार सय एक बजेट आवश्यक पर्ने देखिएको छ । प्रतिवेदनमा दुई किलोमिटरको पदमार्ग र एक्लेडाँडोमा शान्तिका प्रतीक गौतम बुद्धको मूर्ति निर्माण गर्ने उल्लेख समितिका अध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।

पृथ्वीराजमार्गको लेखनाथ तथा म्याग्देबाट देखिने गरेर आमाको प्रतीकका रुपमा स्तनपान गराइरहेकी महिलाको विशाल मूर्ति निर्माण गरिनेछ । एक्लेडाँडाबाट शुक्लागण्डकी–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामसम्म जिपलाइन निर्माण गर्ने योजना समेत समेटिएको छ । जिपलाइन साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने समितिका अध्यक्ष ठकुरीले बताउनुभयो ।

बुद्ध जयन्तीका दिन मात्रै भरिभराउ हुने एक्लेडाँडा हिजोआज अन्य समयमा पनि आन्तरिक पर्यटकले भरिन थालिसकेको छ । सधैँ दुलेगौँडा सहरको व्यस्ततालाई नियाल्दै बस्ने एक्लेडाँडामा यहाँका स्थानीय साँझ बिहान टहलिन तथा पैदल यात्रामा पुग्ने गरेका छन् ।

केही वर्ष पहिला यस ठाउँमा घाँसदाउरा गर्न बाहेक स्थानीय नजानेमा पछिल्लो समय शनिबार र चाडपर्वमा दैनिक दुई/तीन सयसम्म आन्तरिक पर्यटक एक्लेडाँडामा उक्लने गरेका स्थानीय बताउँछन् ।

पुल्चोकमा रहेका तिब्बतीयन शरणार्थीले हरेका वर्ष बुद्ध जयन्तीको दिनमा डाँडामा उक्लिएर धूपबत्ती बाल्ने गर्दछन् । तिब्बतीयन शरणार्थीले पवित्र थलो मानेर पूजा गर्ने शान्त डाँडैभरि झिलीमिली ध्वजापताका टाँसिएको छ ।

पर्यटकको चहलपहल बढ्न थालेपछि तीन वर्ष पहिला वडा कार्यालयले रु दश लाखको बजेटमा दुई सय मिटर रेलिङसहितको पदमार्ग निर्माण गरेको थियो । साथै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु पाँच लाखको लागतमा ढुङ्गाको छपनी बिछ्याएर साढे दुई सय मिटर पदमार्ग बनाइएको छ । रासस