• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान प्रकाशन गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले ★   गोर्खा मिडिया नेटवक प्रा.लि.मा प्रवाहित रकमबारे संसदीय समितिको चासो ★   चार जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध ★   ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै ★   प्रभु बैँक लि.र मुस्ताङ्ग जिल्लाका विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता ★   ‘पार्टीका हरेक सदस्य लाभको पदको अपेक्षा नगरी लाग्दा मात्र पार्टीलाई सही गन्तव्यमा पुर्‍याउन सकिन्छ’

बाबर आजम फेरि बने पाकिस्तान क्रिकेट टिमका कप्तान, शाहिन अफ्रिदीलाई हटाउनुको कारण यस्तो



एजेन्सी । बाबर आजमलाई सीमित ओभरको क्रिकेटका लागि पाकिस्तान क्रिकेट टिमको कप्तानमा पुनः नियुक्त गरिएको छ । पाकिस्तान क्रिकेट बोर्डले आइतबार यो घोषणा गरेको हो । जुनमा हुने टी–२० विश्वकपमा पाकिस्तानी क्रिकेट टोलीको नेतृत्व बाबर आजमले गर्ने निर्णय भएको छ ।

योसँगै फास्ट बलर शाहिन अफ्रिदीको टी–२० अन्तर्राष्ट्रिय फर्म्याटको कप्तानी हटाइएको छ । गत वर्ष भारतमा भएको एकदिवसीय विश्वकपपछि बाबर आजमले सबै फर्म्याटको कप्तानीबाट राजीनामा दिएका थिए ।

तर, पाकिस्तान क्रिकेट बोर्डले सामाजिक सञ्जाल मार्फत बाबर आजमलाई कप्तान बनाउनुको कारणबारे जानकारी दिएको छ ।

पीसीबीले बाबर आजम र मोहसिन नक्वीबीचको कुराकानीको भिडियो क्लिप सेयर गर्दै क्याप्सन लेखेको छ, ‘बाबर आजम सेतो बल क्रिकेटको कप्तान नियुक्त भएका छन् । पीसीबी चयन समितिको सर्वसम्मत सिफारिस पछि, अध्यक्ष मोहसिन नकवीले बाबर आजमलाई पाकिस्तान क्रिकेट टोलीको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय टोलीको कप्तान नियुक्त गरे ।’

स्मरण रहोस् बाबर आजमले कप्तानी छोडेपछि शान मसूदलाई टेस्ट कप्तान बनाएका थिए भने शाहिन अफ्रिदीलाई टी–२० अन्तर्राष्ट्रिय कप्तान बनाइएको थियो । तर तीन महिनाभित्र अफ्रिदीलाई कप्तानीबाट हटाइयो र अब बाबर आजमले टोलीको नेतृत्व गर्नेछन् ।

शाहिन अफ्रिदीलाई कप्तानबाट हटाउने निर्णयको बारेमा बताउनुपर्दा शाहीनलाई कप्तानबाट हटाउनुको कारण बलरभन्दा ब्याट्सम्यानको रुपमा कप्तान बढी सफल भएको बताईएको थियो । योसँगै बाबर आजमले पीसीबीलाई आफ्ना मागहरू सुनाएका छन् ।