• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

दिल्लीबाट फर्केर दुर्गा प्रसाईँले भने- अब बैंकको पैसा तिर्छु



काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने बताएका छन् ।

करिब २० दिनको भारत भ्रमणपछि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै प्रसाईले यस्तो बताएका हुन् ।

प्रसाईँले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन अदालतले गरेको आदेशको स्वागत गरे । उनले आफूलाई १३ वर्षसम्म अन्यायमा पारिएकोमा अदालतले न्याय दिएको बताएका छन् ।

उनले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने बताएका छन् । उनले भने, ‘एफिलेसन आयो, कलेज चल्छ, म बैंकको पैसा तिर्छु । मैले बैंकको पैसा तिर्दिनँ भनेर कहिल्यै भनेको छैन । तिमीले ७ प्रतिशत ब्याज किन १७ प्रतिशत बनायौँ ? गरिबको ऋण तिरिदेउ न सरकार पो भनेको ।’

उनले मेडिकल कलेजले सम्बन्धन पाएपनि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नरोकिने बताए । ‘सम्बन्धनको लडाइँ आफ्नो ठाउँमा छ । यो भनेको राष्ट्र बचाउने हो । देश बचाउने हो । भूइमान्छे बचाउने हो’, उनले भने ।