९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

आईपीएलमा आज गुजरात र हैदरावाद भिड्दै, दुबै टिम दोस्रो जितको खोजिमा

आईपीएलमा आज गुजरात र हैदरावाद भिड्दै, दुबै टिम दोस्रो जितको खोजिमा
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं सिजनमा आईतबार दुई खेल हुँदैछ । पहिलो खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदरावाद भिड्दैछन् । नरेन्द्र मोदी स्टेडियममा हुन लागेको खेल नेपाी समयअनुसार दिउँसोको ३:४५ बजेबाट सुरु हुनेछ ।

दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सको सामना गर्नेछ ।

आज गुजरात र हैदरावाद यस सिजनको तेस्रो खेल खेल्दैछन् । गुजरातले पहिलो खेलमा मुम्बईलाई हराएको थियो भने दोस्रो खेलमा चेन्नईसँग हार बेहोरेको थियो ।

यस्तै, हैदरावाद पहिलो खेलमा कोलकातासँग पराजित भएको थियो भने दोस्रो खेलमा मुम्बईलाई किर्तीमानी रन बनाउदै हराएको थियो ।

गुजरातमा कप्तान शुभमन गिल, साई सुदर्शन, डेभिड मिलर, अजमातुल्लाह ओमरजाई, विजय शंकर जस्ता ब्याट्सम्यान छन् । बलिङमा राशिद खान र नूर अहमद जस्ता गुणस्तरीय स्पिनरहरू छन । यस्तै, पेसरमा अनुभवी उमेश यादव, मोहित शर्मा र स्पेन्सर जोनसन रहेका छन् ।

गिलले अहमदाबादमा खेलेको आईपीएलका १३ इनिङ्समा ७ सय रन बनाएका छन् । यस मैदानमा बनेका व्यक्तिगत उच्चतम स्कोर (१२९ रन) पनि उनको नाममा छ। साई सुदर्शनले यस सिजनका दुई खेलमा ८२ रन बनाएर सर्वाधिक स्कोरर बनेका छन् । टोलीका लागि सर्वाधिक विकेट स्पेन्सर जोन्सनले लिएका छन् । उनले ३ विकेट लिएका छन् ।

यता, हैदरावाद टोलीमा हेनरिक क्लासेन, मयंक अग्रवाल, ट्राभिस हेड, अभिषेक शर्मा र एडेन मार्कराम जस्ता टक्करका ब्याट्सम्यान छन् । क्लासेनले यस सिजनमा खेलेका दुवै खेलमा उत्कृष्ट पारी खेल्दै १५ छक्का प्रहार गरेका छन्। बलिङको कमाण्ड भुवनेश्वर कुमार, टी नटराजन र जयदेव उनाडकटको हातमा छ ।

हेड-टु-हेड

आईपीएलमा गुजरात र हैदरावाद बीच हालसम्म तीन खेल खेलिएको छ । जसमा गुजरातले २ र हैदरावाद १ जितेको छ।

पिच रिपोर्ट

अहमदाबादको पिच ब्याटिङमैत्री मानिन्छ। स्टेडियमको तेज आउटफिल्डले पनि ब्याट्सम्यानलाई मद्दत गर्छ। यहाँ अहिलेसम्म २८ आईपीएल खेल खेलेको छ ।

मौसम अवस्था

आइतबार अहमदाबादको तापक्रम २४ डिग्री सेल्सियसदेखि ३७ डिग्री सेल्सियससम्म रहने मौसम विभागले जनाएको छ । वर्षाको कुनै सम्भावना छैन ।

गुजरात टाइटन्सको प्लेईङ ११:

शुभमन गिल (कप्तान), ऋद्धिमान साहा, साई सुदर्शन, अजमातुल्लाह ओमरजाई, डेभिड मिलर, शाहरुख खान, राहुल तेवाटिया, राशिद खान, उमेश यादव, मोहित शर्मा र स्पेन्सर जोनसन।

इम्पैक्ट प्लेयर: विजय शंकर।

सनराइजर्स हैदरावादको प्लेईङ ११:

प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, मयंक अग्रवाल, अभिषेक शर्मा, एडेन मार्कराम, हेनरिक क्लासेन, अब्दुल समद, शाहबाज अहमद, जयदेव उनाडकट, भुवनेश्वर कुमार, मयंक मार्कंडे।

इम्पैक्ट प्लेयर: उमरान मलिक।