२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज गुजरात र हैदरावाद भिड्दै, दुबै टिम दोस्रो जितको खोजिमा



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं सिजनमा आईतबार दुई खेल हुँदैछ । पहिलो खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदरावाद भिड्दैछन् । नरेन्द्र मोदी स्टेडियममा हुन लागेको खेल नेपाी समयअनुसार दिउँसोको ३:४५ बजेबाट सुरु हुनेछ ।

दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सको सामना गर्नेछ ।

आज गुजरात र हैदरावाद यस सिजनको तेस्रो खेल खेल्दैछन् । गुजरातले पहिलो खेलमा मुम्बईलाई हराएको थियो भने दोस्रो खेलमा चेन्नईसँग हार बेहोरेको थियो ।

यस्तै, हैदरावाद पहिलो खेलमा कोलकातासँग पराजित भएको थियो भने दोस्रो खेलमा मुम्बईलाई किर्तीमानी रन बनाउदै हराएको थियो ।

गुजरातमा कप्तान शुभमन गिल, साई सुदर्शन, डेभिड मिलर, अजमातुल्लाह ओमरजाई, विजय शंकर जस्ता ब्याट्सम्यान छन् । बलिङमा राशिद खान र नूर अहमद जस्ता गुणस्तरीय स्पिनरहरू छन । यस्तै, पेसरमा अनुभवी उमेश यादव, मोहित शर्मा र स्पेन्सर जोनसन रहेका छन् ।

गिलले अहमदाबादमा खेलेको आईपीएलका १३ इनिङ्समा ७ सय रन बनाएका छन् । यस मैदानमा बनेका व्यक्तिगत उच्चतम स्कोर (१२९ रन) पनि उनको नाममा छ। साई सुदर्शनले यस सिजनका दुई खेलमा ८२ रन बनाएर सर्वाधिक स्कोरर बनेका छन् । टोलीका लागि सर्वाधिक विकेट स्पेन्सर जोन्सनले लिएका छन् । उनले ३ विकेट लिएका छन् ।

यता, हैदरावाद टोलीमा हेनरिक क्लासेन, मयंक अग्रवाल, ट्राभिस हेड, अभिषेक शर्मा र एडेन मार्कराम जस्ता टक्करका ब्याट्सम्यान छन् । क्लासेनले यस सिजनमा खेलेका दुवै खेलमा उत्कृष्ट पारी खेल्दै १५ छक्का प्रहार गरेका छन्। बलिङको कमाण्ड भुवनेश्वर कुमार, टी नटराजन र जयदेव उनाडकटको हातमा छ ।

हेड-टु-हेड

आईपीएलमा गुजरात र हैदरावाद बीच हालसम्म तीन खेल खेलिएको छ । जसमा गुजरातले २ र हैदरावाद १ जितेको छ।

पिच रिपोर्ट

अहमदाबादको पिच ब्याटिङमैत्री मानिन्छ। स्टेडियमको तेज आउटफिल्डले पनि ब्याट्सम्यानलाई मद्दत गर्छ। यहाँ अहिलेसम्म २८ आईपीएल खेल खेलेको छ ।

मौसम अवस्था

आइतबार अहमदाबादको तापक्रम २४ डिग्री सेल्सियसदेखि ३७ डिग्री सेल्सियससम्म रहने मौसम विभागले जनाएको छ । वर्षाको कुनै सम्भावना छैन ।

गुजरात टाइटन्सको प्लेईङ ११:

शुभमन गिल (कप्तान), ऋद्धिमान साहा, साई सुदर्शन, अजमातुल्लाह ओमरजाई, डेभिड मिलर, शाहरुख खान, राहुल तेवाटिया, राशिद खान, उमेश यादव, मोहित शर्मा र स्पेन्सर जोनसन।

इम्पैक्ट प्लेयर: विजय शंकर।

सनराइजर्स हैदरावादको प्लेईङ ११:

प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, मयंक अग्रवाल, अभिषेक शर्मा, एडेन मार्कराम, हेनरिक क्लासेन, अब्दुल समद, शाहबाज अहमद, जयदेव उनाडकट, भुवनेश्वर कुमार, मयंक मार्कंडे।

इम्पैक्ट प्लेयर: उमरान मलिक।