२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४८.७४ अंकले उकालो, लघुवित्त कम्पनीमा लगानीकर्ताको आकर्षण



अ+ अ-

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४८.७४ अंकले वृद्धि भएर २ हजार ५२४ विन्दुमा पुगेको छ । यस दिन नेप्सेमा रू.१० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ बराबरको शेयर खरीदविक्री भएपछि किर्तीमानी उचाई कायम गरेको हो । 

आइतबारको कारोबार दिनमा २०२ ओटा कम्पनीको १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर ८७ हजार ६७० पटकमा शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये सबैभन्दा बढी लघुवित्त समूहको परिसूचक ७.७६ प्रतिशतले वृद्धि भएको हो । लघुवित्त कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै नेप्से परिसूचक पनि बढेको हो ।

बैकिङ समूहको परिसूचक ०.२२ प्रतिशत, विकास बैंक समूहको परिसूचक ०.०१ प्रतिशत र म्युचुअल फण्डको परिसूचक ०.३१ प्रतिशतले घटेको छ भने बाँकी समूहको परिसूचक बढेको छ । नेपाल फाइनान्स कम्पनीको शेयर मूल्य सबैभन्दा बढी अर्थात् ६.२७ प्रतिशत घटेको छ । उक्त कम्पनीको शेयर मूल्य आइतबार घटेर प्रतिकित्ता रू.२९९ कायम भएको छ ।

आइतबार लघुवित्त कम्पनीहरुको शेयर मूल्य वृद्धि भएको छ । आठवटा कम्पनीहरुको १० प्रतिशतका दरले वृद्धि भएको छ । गणपति लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, सारथि नेपाल लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,निर्धन लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष र मञ्जुश्री फाइनान्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतका दरले वृद्धि भएको छ ।

त्यसैगरी सर्वाधिक कारोबार भने हिमालयन डिष्टीलरी लिमिटेडको भएको छ । उक्त कम्पनीको रू. ५३ करोड १७ लाख ४९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । उक्त कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ ।