४ पुष २०८२, शुक्रबार
,
Latest
रवि लामिछाने भरतपुर गएर भैरहवा जाने जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीले बर्नलेसँग अंक बाँड्यो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले बराबरी खेलेको छ । गएराति भएको खेलमा चेल्सीले बर्नलेसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलको ४४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै कोल पाल्मेरले चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

४७ औं मिनेटमा जोश कुलेनले गोल गर्दै बर्नलेलाई १–१ गोलको बराबरीमा ल्याए । यता, ७८ औं मिनेटमा पाल्मेरले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै चेल्सीलाई २–१ ले अघि बढाए ।

८१ औं मिनेटमा डारा ओ’सिआले गोल गर्दै बर्नलेलाई २–२ गोलको बराबरीमा ल्याउँदै हारबाट जोगाए । खेलको ४० औं मिनेटमा लोरेन्ज एसिग्ननले रातो कार्ड खाएपछि बर्नले १० खेलाडीमा समेटिएको थियो ।

बराबरीसँगै चेल्सी २८ खेलबाट ४० अंकका साथ ११ औं स्थानमा छ । बर्नले ३० खेलबाट १८ अंकका साथ १९ औं स्थानमा छ ।