म्याड्रिड । आइतबार स्पेनी ला लिगामा बार्सिलोनाले रियल बेटिसलाई ३–२ ले हराएको छ । सब्स्टिच्युट खेलाडीका रूपमा लियोनल मेसीले मैदान प्रवेशको तेस्रो मिनेटमै गोल गरेपछि बार्सिलोनाले पछाडि रहेको स्थितिमा जित निकालेको हो ।
बेटिसले बोरजा इगलेसिसको गोलमा अग्रता लिएयता मेसीले बराबरी गोल फर्काए । त्यसपछि बेटिसका रुइजले आत्मघाती गरे । यस्तोमा मचाडो त्रिनचाओले निर्णायक गोल गरे ।
यो जितपछि बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ । यो शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग सात अंकले पछाडि रहेको स्थिति हो । आइतबारको अर्को प्रमुख खेलमा रियल सोसिडाडले काडिजलाई ४–१ ले हरायो ।










