२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाताले बैंगलोरलाई ७ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ (आईपीएल) को १० औं खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लाई ७ विकेटले पराजित गरेको छ ।

कोलकाताको यो लगातार दोस्रो जित हो भने बैंगलोरले दोस्रो खेलमा हार बेहोरेको छ ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा शुक्रबार भएको खेलमा कोलकाताले १६.५ ओभरमा ३ विकेट गुमाएर १८३ रनको लक्ष्य पुरा गरेको हो । श्रेयस अय्यर ३९ रन बनाएर अविजित फर्किए भने रिंकु सिंह ५ रन बनाएर अविजित फर्किए ।

वेंकटेश अय्यरले ५० रनको आक्रामक पारी खेले, सुनिल नारायणले ४७ रन र फिल साल्टले ३० रन जोडे । आरसीबीका यश दयाल, मयंक डागर र विजयकुमार वैशाखले एक–एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो । विराट कोहलीले ५९ बलमा ८३ रनको इनिङ खेले । उनले ४ चौका र ४ छक्का प्रहार गरे । कोहलीले लिगमा ५२औँ अर्धशतक बनाएका छन् ।

क्यामरुन ग्रीनले ३३ र ग्लेन म्याक्सवेलले २८ रनको योगदान दिए । कोलकाताका आन्द्रे रसेल र हर्षित रानाले २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सुनिल नारायण भए । उनले २२ बलमा ४७ रनको उत्कृष्ट इनिङ खेलेका थिए भने एक विकेट पनि लिएका थिए ।

आजको खेलः लखनउ सुपर जायन्ट्स भर्सेस पञ्जाव किंग्स – साँझ ७ः४५ बजे