२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिरभपुललाई हराउँदै सिटी उपाधितर्फ उन्मुख



अ+ अ-

लन्डन । आइतबार इंग्लिस प्रिमियर लिगको उपाधि होडमा म्यानचेस्टर सिटीले निर्णायक साबित हुन सक्ने यात्रा तय गरेको छ । सिटीले डिफेन्डिङ च्याम्पियन लिरभपुललाई एनफिल्डमै ४–१ ले हरायो । सिटीले लिभरपुललाई उसको घरमा हराएको यो सन् २००३ यता पहिलो हो । सिटीको जितमा इलकयी गुन्डोगनले दुई तथा रहिम स्टर्लिङ र फिल फोडेनले एक–एक गोल गरे ।

लिभरपुलका तर्फबाट मोहम्मद सलाहले एक गोल फर्काए । सिटीको २२ खेलबाट ५० अंक भएको छ । टोली शीर्ष स्थानमा एक खेल कम खेलेर पाँच अंकको अग्रता लिन सफल रह्यो ।

लिभरपुल भने ४० अंकसाथ चौथो स्थानमा छ । चेल्सी ३९ अंकसाथ पाँचौं स्थानमा उक्लेको छ । यसका लागि उसले सेफिल्ड युनाइटेडलाई २–१ ले हरायो । यस्तै उल्भ्स र लेस्टरले गोलरहित बराबरी खेले । लेस्टर ४३ अंकमा तेस्रो स्थानमा छ ।