२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिरभपुललाई हराउँदै सिटी उपाधितर्फ उन्मुख



अ+ अ-

लन्डन । आइतबार इंग्लिस प्रिमियर लिगको उपाधि होडमा म्यानचेस्टर सिटीले निर्णायक साबित हुन सक्ने यात्रा तय गरेको छ । सिटीले डिफेन्डिङ च्याम्पियन लिरभपुललाई एनफिल्डमै ४–१ ले हरायो । सिटीले लिभरपुललाई उसको घरमा हराएको यो सन् २००३ यता पहिलो हो । सिटीको जितमा इलकयी गुन्डोगनले दुई तथा रहिम स्टर्लिङ र फिल फोडेनले एक–एक गोल गरे ।

लिभरपुलका तर्फबाट मोहम्मद सलाहले एक गोल फर्काए । सिटीको २२ खेलबाट ५० अंक भएको छ । टोली शीर्ष स्थानमा एक खेल कम खेलेर पाँच अंकको अग्रता लिन सफल रह्यो ।

लिभरपुल भने ४० अंकसाथ चौथो स्थानमा छ । चेल्सी ३९ अंकसाथ पाँचौं स्थानमा उक्लेको छ । यसका लागि उसले सेफिल्ड युनाइटेडलाई २–१ ले हरायो । यस्तै उल्भ्स र लेस्टरले गोलरहित बराबरी खेले । लेस्टर ४३ अंकमा तेस्रो स्थानमा छ ।