२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावामै चार्ज हुन्छ शाओमि स्मार्टफोन ! यस्तो छ विषेशता



अ+ अ-

एजेन्सी । चाइनिज स्मार्टफोन निर्माता कम्पनी शाओमि केहि नयाँ प्रविधि भित्र्याउने कम्पनीको रुपमा परिचित छ। एक समय शाओमिको पहिचान सस्तो मूल्यमा पाइने स्मार्टफोनको रुपमा मात्र सिमित थियो। तर, पछिल्लो समय शाओमि उत्कृष्ट विशेषतासहितको स्मार्टफोन बनाउने काममा तल्लनीन भइरहेको छ। हाल उक्त कम्पनीले सुपथ मूल्यमा १ सय ८ मेगाफिक्सेल क्यामेरासहितको उत्कृष्ट मोबाइल फोन उत्पादन गरिरहेको छ। 

हालै मात्र शाओमिले एक विशेष प्रकारको स्मार्टफोनको अवधारणा ल्याएको छ, जुन हावामा चार्ज हुनेछ। उक्त फोनमा चार्जका लागि कुनै पोर्ट राखिएको छैन। यो निर्माता कम्पनीको पोर्ट फ्रि स्मार्टफोन हो। तर, यसले शाओमिको हालै लञ्च गरिएको एमआइ एयर चार्ज टेक्नोलोजीलाई सपोर्ट गर्नेछ। यस टेक्नोलोजीको प्रयोग गरी स्मार्टफोनलाई टाढाबाट नै चार्ज गर्न सकिन्छ। 

त्यसका साथै उक्त स्मार्टफोनमा विशेष किसिमको डिस्प्ले राखिएको छ। फोनमा क्वाड कर्भ्ड वाटरफल डिस्प्ले छ, जसका कारण फोन चार किनाराबाट वाटरफल जस्तो देखिनेछ। शाओमिका अनुसार हाइपर क्वाड कर्भ्ड ८८ डिग्रि बनाउन सजिलो थिएन। यसलाई ८०० सय डिग्रि सेल्सियस तापक्रममा हट बेन्डिङ ग्लासको प्रयोग गरी उक्त आकार दिइएको हो। 

यो स्मार्टफोनमा अन्डरडिस्प्ले क्यामेरा राखिएको छ। यसको मतलव फोनको डिस्प्लेमा कटआउट क्यामेरा देखिने छैन। यस स्मार्टफोनमा बिना क्यामेरा देखिए अगाडिबाट फोटो खिच्न सकिने छ। यसबाहेक फोनमा ई–सिम, प्रेसर सेन्सेटिभ टच सेन्सर रहेको छ। रेयर क्यामेरा सेटअप र एलइडी फ्ल्यास फोनको पछाडिको भागमा देखिनेछ। 

यो शाओमिले तयार गरेको एक स्मार्टफोनको अवधारणा हो। कम्पनीले यसलाई व्यावसायिक प्रयोजनको लागि प्रयोग गरेको छैन। हाल उक्त स्मार्टफोन वास्तवमै तयार हुन्छ वा हुन्न भन्न सकिँदैन।