३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

हावामै चार्ज हुन्छ शाओमि स्मार्टफोन ! यस्तो छ विषेशता

हावामै चार्ज हुन्छ शाओमि स्मार्टफोन ! यस्तो छ विषेशता
अ+ अ-

एजेन्सी । चाइनिज स्मार्टफोन निर्माता कम्पनी शाओमि केहि नयाँ प्रविधि भित्र्याउने कम्पनीको रुपमा परिचित छ। एक समय शाओमिको पहिचान सस्तो मूल्यमा पाइने स्मार्टफोनको रुपमा मात्र सिमित थियो। तर, पछिल्लो समय शाओमि उत्कृष्ट विशेषतासहितको स्मार्टफोन बनाउने काममा तल्लनीन भइरहेको छ। हाल उक्त कम्पनीले सुपथ मूल्यमा १ सय ८ मेगाफिक्सेल क्यामेरासहितको उत्कृष्ट मोबाइल फोन उत्पादन गरिरहेको छ। 

हालै मात्र शाओमिले एक विशेष प्रकारको स्मार्टफोनको अवधारणा ल्याएको छ, जुन हावामा चार्ज हुनेछ। उक्त फोनमा चार्जका लागि कुनै पोर्ट राखिएको छैन। यो निर्माता कम्पनीको पोर्ट फ्रि स्मार्टफोन हो। तर, यसले शाओमिको हालै लञ्च गरिएको एमआइ एयर चार्ज टेक्नोलोजीलाई सपोर्ट गर्नेछ। यस टेक्नोलोजीको प्रयोग गरी स्मार्टफोनलाई टाढाबाट नै चार्ज गर्न सकिन्छ। 

त्यसका साथै उक्त स्मार्टफोनमा विशेष किसिमको डिस्प्ले राखिएको छ। फोनमा क्वाड कर्भ्ड वाटरफल डिस्प्ले छ, जसका कारण फोन चार किनाराबाट वाटरफल जस्तो देखिनेछ। शाओमिका अनुसार हाइपर क्वाड कर्भ्ड ८८ डिग्रि बनाउन सजिलो थिएन। यसलाई ८०० सय डिग्रि सेल्सियस तापक्रममा हट बेन्डिङ ग्लासको प्रयोग गरी उक्त आकार दिइएको हो। 

यो स्मार्टफोनमा अन्डरडिस्प्ले क्यामेरा राखिएको छ। यसको मतलव फोनको डिस्प्लेमा कटआउट क्यामेरा देखिने छैन। यस स्मार्टफोनमा बिना क्यामेरा देखिए अगाडिबाट फोटो खिच्न सकिने छ। यसबाहेक फोनमा ई–सिम, प्रेसर सेन्सेटिभ टच सेन्सर रहेको छ। रेयर क्यामेरा सेटअप र एलइडी फ्ल्यास फोनको पछाडिको भागमा देखिनेछ। 

यो शाओमिले तयार गरेको एक स्मार्टफोनको अवधारणा हो। कम्पनीले यसलाई व्यावसायिक प्रयोजनको लागि प्रयोग गरेको छैन। हाल उक्त स्मार्टफोन वास्तवमै तयार हुन्छ वा हुन्न भन्न सकिँदैन।