११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार शेयर बजार ३७.४८ अंकले बढ्यो, लगानीकर्ताको आकर्षण बैंकिङ समूहमा



अ+ अ-

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार १.४८ प्रतिशतले बढेर २ हजार ५६१.४७ विन्दुमा पुगेको छ । यस दिन २  हजार ५५३.७९ विन्दुदेखि खुलेको सोमबारको बजार २ हजार ५६३.३० विन्दुसम्म पुगेको हो। 

यो दिन सेन्सेटिभ इन्डेक्स भने १.५८ प्रतिशतले बढेर ४६६.६० विन्दुमा पुगेको छ । यसदिन कारोबार रकमको उच्चता कायमै रहेको छ । आइतबार हालसम्मकै उच्च रू. १० अर्ब ४४ करोड १९ लाख ५१ हजार बराबरको शेयर कारोबार भएकोमा सोमबार उक्त रेकर्डलाई तोड्दै रू. १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार बराबरको शेयर कारोबार भएको हो ।

साताको दोस्रो कारोबार दिन शेयर बजारमा बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । निरन्तर बजार बढेपनि बैंकिङ सेक्टर भने बढ्न सकेको थिएन । उक्त समूहको परिसूचक सोमबार सर्वाधिक ३.६५ प्रतिशत बढेको छ । यसदिन बैंकिङ समूहको परिसूचक ६२.७२ अंक बढेर १ हजार ७७९.२७ विन्दुमा पुगेको हो । 

यस दिनको  शेयर कारोबार २०६ कम्पनीको ९२ हजार ७९ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड ११ लाख ५५५ कित्ता भएको हो । नेप्सेका अनुसार ३ लाख २७ हजारभन्दा बढीले अनलाईन युजरनेम र पासवर्ड लिएका छन् । ८० प्रतिशतभन्दा बढी कारोबार अनलाईनमार्फत् हुदैं आएको छ । स्वविवेकले आफ्नै हातबाट कारोबार गर्न सक्ने अवस्थाका कारण बजारमा लगानी बढीरहेको नेप्सेको भनाइ छ । 

यसदिन ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.९२ प्रतिशत बढेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९८ ले बढेर अन्तिम मूल्य रू. १ हजार ८६ कायम भएको हो । दोहोरो उच्च अंकले बढेको बजारमा हिमालयन उर्जा विकास कम्पनी र उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।

हिमालयन उर्जा विकास कम्पनीको ६.७८ प्रतिशत अर्थात प्रतिकित्ता रू. १६ ले र उन्नती सहकार्य लघुवित्तको ६.३७ प्रतिशत अर्थात प्रतिकित्ता रू. १६३ ले मूल्य घटेको हो । यस दिन हिमालयन उर्जाको अन्तिम शेयरमूल्य रू. २२० र उन्नती सहकार्यको रू. २ हजार ३९५ कायम भएको हो ।

बैंकिङ समूहको परिसूचकमा उछाल आउँदा सोमवार उत्पादन तथा प्रशोधनको १.२१ प्रतिशत, जलविदुत र निर्जीवन बीमा समूहको ०.९८ प्रतिशत, लघुवित्तको ०.६८ प्रतिशत र व्यापारिक समूहको ०.१३ प्रतिशत परिसूचक घटेको छ ।

यसदिन विकास बैंकको ३.४७ प्रतिशत, वित्तको २.०१ प्रतिशत, होटलको १.३८ प्रतिशत, जीवन बीमाको १.१३ प्रतिशत, म्युचुअल फण्डको ०.९९ प्रतिशत र अन्यको ०.४७ प्रतिशत परिसूचक बढेको छ ।

सोमबार प्रभु बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीको रू. ६२ करोड १३ लाख ५३ हजार बराबरको १३ लाख ४६ हजार ३३० कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि ९.१७ प्रतिशतले बढेर अन्तिम मूल्य रू. ४७६ कायम भएको छ । 

यो दिन उक्त कम्पनीसहित नबिल बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक र नेपाल बैंक पनि सर्वाधिक कारोबार गर्ने १० ओटा कम्पनीभित्र परेका छन् ।