३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौदण्डीगढी नगरपालिकामाथि एपिएफको फराकिलो जित



अ+ अ-

काठमाडौं । सावित्रा भण्डारी एक्लैले टोलीका लागि ८ गोल गर्दा विभागीय टोली एपिएफले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा चौदण्डीगढी नगरपालिकामाथि १४–० को फराकिलो जित निकालेको छ । 

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा जारी लिगमा कमजोर देखिएको चौदण्डीगढीमाथि गोलको वर्षा गरेको हो । फराकिलो जित निकालेको एपीएफले क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई सोमबार पनि कायम नै राखेको छ ।

फराकिलो जित निकाल्दा सावित्राका अलावा अनिता बस्नेत र अनिता केसीले समान २÷२ गोल गर्दा अनु लामाले र रविना लामाले एक÷एक गोल आफ्नो नाममा लेखाए । पहिलो हाफमा ७ गोल गरेको एपिएफले दोस्रो हाफमा पनि ७ गोल थपेर फराकिलो जित निकालेको हो ।

पहिलो चरणको खेलमा चोदण्डीगढीमाथि २२ गोल गरेको एपिएफले ७ खेलबाट स्पष्ट जित निकाल्दै शीर्षता कायम राखेकोे छ । एपीएफले ७ खेलमा २१ अंक जोडेको हो । एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो । पराजित चौदण्डीको यो लगातार सातौं हार हो । चौदण्डीगढीले अहिले सम्म तालिकामा अझै खाता खोल्न सकेको छैन् ।  अंक विहीन रहदै पुछारमा रहेको छ । अहिले सम्मका खेल सम्पन्न हुँदा चौदण्डी गढीले सबै खेलमा गरेर कुल ८६ गोल खाँदा एक गोल गरेको छ भने एपिएफले एक गोल पनि खाएको छैन । ७ खेल सम्पन्न हुँदा एपिएफले कुल ५७ गोल गरेको छ ।