• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

प्रशिक्षणका लागि कमल थापाको जिल्ला दौडाहा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरको हेटौंडादेखि बर्दियाको गुलरियासम्म आयोजना हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन जिल्ला दौडाहामा निस्किएका छन् ।

कार्यक्रम तालिका अनुसार चैत १६ गते मकवानपुरको हेटौंडामा, १७ गते चितवन र नवलपुरमा, १८ गते परासी र रुपन्देहीमा, १९ गते कपिलवस्तुमा र २० गते बाँके र बर्दियामा अगुवा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रशिक्षणमा अध्यक्ष थापाले मुलुकको बर्तमान अबस्था, पार्टीको भाबी कार्यक्रम र कार्यदिशा,संगठन सुदृढीकरणसँगै सकृय सदस्यता बितरण अभियान, आन्दोलनको तयारीका बारेमा प्रशिक्षण दिनेछन् ।

दौडाहा टोलीमा पार्टीका महामन्त्री राजाराम बर्तौला, मध्यमाञ्चल क्षेत्र समन्वय समितिका अध्यक्ष माधव खत्री, सहायक महामन्त्रीद्वय रामसुन्दर बिष्ट र डम्बरप्रसाद शिवाकोटी, केन्द्रीय सदस्य पुरु दाहाल र जनवर्गीय संगठनका अध्यक्षहरु सहभागी रहने पार्टी सचिवालयले जनाएको छ ।