१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा



अ+ अ-

धनुषा । मधेस सरकारबाट नेकपा एमाले पनि बाहिरिएको छ।

आइतबार एमालेबाट मन्त्री र राज्यमन्त्री बनेका ६ जना सांसदले मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनेहरुमा मन्त्री राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोद कुमार जयसवाल, सरोज कुमार यादव र राज्यमन्त्री केशव राय तथा शारदा थापा रहेका छन् ।

आजै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ ।

यसअघि माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिइसकेको छ ।