• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी ★   ‘मनाङको विकासमा ठेकेदारको लापरवाही’ ★   नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ ★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो ★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ

बलिउड अभिनेता राजिव कपुरको निधन



एजेन्सी । बलिउड अभिनेता राजिव कपुरको निधन भएको छ । हृदयघातका कारण मंगलबार अस्पताल लगिएका उनको उपचारकै क्रममा निधन भएको हो । उनी ५८ वर्षका थिए । ‘राम तेरी गंगा मैली’ स्टारर राजिव बलिउड अभिनेताहरू ऋषि कपुर र रणधीर कपुरका कान्छा भाइ हुन् ।

ऋषिकी पत्नी नीतुले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राजिवको निधन भएको पुष्टि गरेकी छिन् । उनले राजिवको तस्बिरसहित लेखेकी छिन्, 'हार्दिक श्रद्धाञ्जली ।'

रणधीर अहिले भाइलाई राखिएको मुम्बईस्थित चेम्बर अस्पतालमै छन् । 'मेरो कान्छो भाइलाई गुमाउँदा निकै मर्माहत छु । डाक्टरले उनलाई बचाउन सक्दो प्रयास गरे', द टाइम्स अफ इन्डियाले उनको भनाइ उद्धृत गरेको छ ।

राजिवले 'एक जान है हम' बाट अभिनयमा डेब्यू गरेका थिए । 'राम तेरी गंगा मैली' मा पनि उनी प्रमुख भूमिकामा थिए । 'आसमान', 'लभर ब्वाइ',  'जबरजस्तु', हम तो चले पर्देसुलगायत फिल्ममा काम गरेका उनको अन्तिम फिल्म 'जमिनदार' हो ।