काठमाडौँ । नेपाली कांग्रेसले आज विपक्षी दलहरुको बैठक आह्वान गरेको छ । संसदमा देखिएको गतिरोधका विषयमा सो बैठक केन्द्रित हुनेछ ।
आजको सो विपक्षी दलको बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि बोलावट भएको समाचारले अहिले चर्चा पाएको छ । आज बिहान कांग्रेस संसदीय दलको बैठकपछि संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि कांग्रेले बैठकमा आमन्त्रण गरेको जानकारी दिए ।
नेकपा एसले पनि सहकारीका विषयमा संसदीय समिति गठनको आह्वन गरेकाले कांग्रेसले सो पार्टीका नेता नेपाललाई बोलाएको हो । निम्ता गरिएपछि बैठकमा जाने नजाने विषयमा भने उहाँको केही भनाई आएको छैन ।
बैठक केहीबेरमा सिंहदबारमा बस्दैछ तर यता माधव नेपाल भने बैठकमा जाने कि नजाने भन्ने विषयले धर्म संकटमा परेको सो पार्टीको स्रोतले जानकारी दिएको छ । माधव नेपालको पार्टी अहिले सरकारका त छ तर निस्केर जान पटक पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीले भनिसकेको बताइएको छ सो बैठकमा राप्रपा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, लोसपा, जनमोर्चा लगायतका दललाई बोलाइएको छ ।