२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

थकित विराटले पञ्जाबका बलरलाई भने – एकछिन सास त फेर्न देउ यार



अ+ अ-

एजेन्सी । विराट कोहली र हरप्रीत ब्रारबीच मैदानमा रमाइलो वार्तालाप भएको थियो, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो घटना सोमबार एम चिन्नास्वामी स्टेडियममा रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाब किंग्सबीच खेलिएको आईपीएल २०२४ को छैटौं खेलमा भएको हो ।

हरप्रीत ब्रार आफ्नो स्पेलको तेस्रो ओभर सुरु गर्न हतारमा थिए, जब आरसीबी ब्याट्सम्यानले उनलाई अवरोध गर्न हिचकिचाउँदैनन् । त्यसपछि आरसीबीलाई जितका लागि ८ ओभरमा ७४ रन आवश्यक थियो । कोहली भन्छन्, ‘ एकछिन रोकिउ सास त फेर्न देउ’ कोहलीको आवाज स्टम्प माइकमा कैद भयो ।

 

 

त्यतिबेला स्ट्राइक गर्न लागेका ग्लेन म्याक्सवेलले हाँसो रोक्न सकेनन् । तर, हरप्रित ब्रारले आफ्नो ओभरको पहिलो बलमै म्याक्सवेलको विकेट लिए । म्याक्सवेलले रुम सिर्जना गरे र अफ साइडमा शट खेल्ने प्रयास गरे तर बल स्टम्पमा ठोक्कियो । ब्रारले आईपीएलमा म्याक्सवेलको शिकार गरेको यो चौथो पटक हो ।

कोहलीले पञ्जाब किंग्सविरुद्ध शानदार इनिङ खेलेर आफूलाई प्रमाणित गरे । कोहलीले ४९ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै ७७ रन बनाए । कोहलीको इनिङ्सको मद्दतमा आरसीबीले १९.२ ओभरमा ६ विकेट गुमाएर १७७ रनको लक्ष्य पुरा गरेको थियो । आरसीबीलाई सहज जित दिलाउन दिनेश कार्तिकले अविजित २८ रन बनाएर उपयोगी योगदान दिए ।




भर्खरै