• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ: प्रधानमन्त्री ★   मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग ★   २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राखौँ: महेश बर्तौला ★   विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री ★   बजुरामा नुन अभाव छैन: साल्ट ट्रेडिङ ★   झापामा चट्याङ लागेर दुईको मृत्यु ★   नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु ★   बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा ★   कोपा अमेरिकाः कोस्टारिकासँग बराबरीमा रोकियो ब्राजिल, कोलम्बियाले पाराग्वेलाई हरायो ★   कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमा आज सर्वोच्चको आदेश कस्तो आउला ?

बैंगलोरले पञ्जाबलाई ४ विकेटले हरायो, आईपीएलमा विराटको ५१औँ अर्धशतक



काठमाडौँ । विराट कोहलीको विस्फोटक इनिङ्सको आधारमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले इन्डियन प्रिमियर लिग–२०२४ मा पहिलो जित हात पारेको छ ।

चालू सिजनको छैटौं खेलमा बैंगलोरले पञ्जाब किंग्स (पीबीकेएस) लाई ४ विकेटले पराजित गरेको हो ।

सोमबार एम चिन्नास्वामी स्टेडियममा बेंगलुरुले १९.२ ओभरमा ६ विकेट गुमाएर १७७ रनको लक्ष्य पुरा गरेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । विराट कोहलीले ४९ बलमा ७७ रनको इनिङ खेले । उनले ११ चौका र २ छक्का प्रहार गरे ।

कोहलीले आईपीएलमा आफ्नो ५१ औं अर्धशतक बनाएका छन् । यो उनको टी–२० करियरमा १०० औं ५०ं स्कोर हो । उनी यस्तो गर्ने पहिलो भारतीय ब्याट्सम्यान बने । विराट खेलको प्लेयर अफ द म्याच चुनिए ।

पहिले ब्याटिङमा आएको पञ्जाब किंग्सको सुरुवात खासै राम्रो रहेन । टोलीले १७ रनमा जोनी बेयरस्टोको विकेट गुमाएको थियो । यहाँबाट कप्तान शिखर धवन (३७ बलमा ४५ रन) र प्रभसिमरन सिंह (१७ बलमा २५ रन)ले ७० रन पार गरे । यी दुईबीच ३८ बलमा ५५ रनको साझेदारी भयो ।

प्रभसिमरन आउट भएपछि मध्यक्रममा लियाम लिभिङ्स्टन .१७ रन), साम करन (२३ रन) र जितेश शर्मा (२७ रन)ले छोटो इनिङ्स खेलेर योगदान दिए । त्यसपछि अन्तिममा शशांक सिंहले ८ बलमा २१ रन बनाएर स्कोरलाई १७६ रनमा पुर्याए । बैंगलोरका लागि मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए ।

१७७ रनको लक्ष्य पछ्याउँदै विराट कोहली र कप्तान फाफ डु प्लेसिसले २६ रनको साझेदारी गर्दै पञ्जाबको तुलनामा बैंलोरलाई राम्रो सुरुवात गराए । कप्तान डु प्लेसिस आउट भएपछि क्यामरुन ग्रीन ३ रन बनाएर प्याभिलियन फर्किएका थिए । ग्लेन म्याक्सवेलले पनि ३ रन मात्र बनाउन सके ।

अनुज रावतले ११ रन, दिनेश कार्तिकले २८ र महिपाल लोमरोरले १७ रन बनाएर टोलीलाई जित दिलाए । पञ्जाबका लागि कागिसो रबाडा र हरप्रीत ब्रारले २–२ विकेट लिए ।

आजको खेलः
चेन्नई सुुपर किंग्स भर्सेस गुजरात टाइटन्स – ७ः४५ बजे