३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर गणेशमान सिंह रोड रेस चैतमा



अ+ अ-

काठमाडौं । वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गतको वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वीर गणेशमान सिंह दोश्रो १० के रोड रेस चैत पहिलो साता हुने भएको छ । प्रतियोगिता चैत ७ गते हुने आयोजक कमिटीका संयोजक सन्जिव तुलाधरले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

रेस डाइरेक्टर सुशिलनरसिंह राणाले प्रतियोगितामा ४–५ सय खेलाडीको सहभागिता रहने जानकारी दिए । उनले एक हप्तापछि खेलाडी दर्ता प्रकृया सुरु हुने बताए ।

पुरुष÷महिला दुवैमा शीर्ष पाँच स्थानमा रहने खेलाडीले क्रमशः ६० हजार, ३० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । छैटौंदेखि दसौं स्थान हात पार्नेलाई ४ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने छ । १० किलोमिटर दूरीको दौड दरबारमार्गस्थित शेर्पा मलबाट सुरु भइ पुनः त्यही आएर टुंगिने छ ।

रुट्स फेसन प्रा.लि. (एडिडास) को प्रायोजनमा हुन लागेको दौडको अनुमानित बजेट करिब १२ लाख रुपैयाँ रहेको छ । रुट्सका राजीव श्रेष्ठले नेपाली खेलकुदको विकासमा टेवा पुर्याउने उद्देश्यले प्रायोजन गरिएको बताए ।

कोर्ष रेकर्ड ब्रेक गर्ने पुरुष÷महिला खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ । गोपीचन्द्र पार्कीको नाममा ३२ मिनेट ०१.२ सेकेन्ड तथा सन्तोषी श्रेष्ठको नाममा ३९ मिनेट १०.९८ सेकेन्डको कोर्ष रेकर्ड रहेको छ । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेताद्वय पहिलो संस्करणका विजेता पनि हुन् ।

पत्रकार सम्मेलनमा संयोजक तुलाधरले आगामी बैशाखमा कमिटीले राष्ट्रिय फेन्सिङ प्रतियोगिता पनि आयोजना गर्न लागेको अवगत गराए ।