२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउलाई २० रनले हराउँदै आईपीएलमा राजस्थानको विजयी सुरुवात



अ+ अ-

काठमाडौँ । राजस्थान रोयल्सले जितसँगै आईपीएल २०२४ को सुरुवात गरेको छ । भर्खरै सम्पन्न खेलमा राजस्थानले लखनउ सुपर जायन्ट्सलाई २० रनले पराजित गर्यो ।

राजस्थानले दिएको १९४ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनमात्र बनायो । लखनउका लागि निकोलस पुरनले ६४ रनको अविजित पारी तथा केएल राहुलले ५८ रनको अर्धशतकीय पारी खेलेपनि टोलीको हार टार्न सकेनन् ।

दिपक हुडाले २६ रन जोड्दा लखनउका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । राजस्थानका लागि बलिङमा ट्रेन्ट बोल्टले २ तथा नान्दे बर्गर, आर अश्विन, युजवेन्द्र चहल र सन्दीप शर्माले १–१ विकेट लिए ।

त्यसअघि जयपुरमा टस जितेर ब्याटिङ थालेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाएर १९३ रन जोड्यो । राजस्थानका लागि कप्तान सञ्जु सामसनले ८२ रनको (नटआउट) योगदान दिए ।

५२ बल खेलेका उनले १५७.६९ को स्ट्राइक रेटमा ६ छक्का र ३ चौका प्रहार गरे । यस्तै रियान परागले ४३, यशस्वी जैसवालले २४ तथा जोस बटलरले ११ रन जोड्दा ध्रुव जुरेल २० रनमा अविजित रहे ।

बलिङतर्फ लखनउका नवीन उल हकले २ तथा मोहसिन खान र रवी बिश्नोईले १–१ विकेट लिए ।

अहिले गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच अहमदाबादमा खेल भइरहेको छ । मुम्बईले टस जितेर पहिले बलिङ रोजेको छ । गुजरातले ब्याटिङ थालिरहेको छ ।