२ भाद्र २०८३, मंगलवार
,
Latest
नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’ सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबारको बजारमा यस्तो रहेको छ तरकारीको मूल्य, हेर्नुहोस्



अ+ अ-

काठमाडौँ । बुधबार नेपाली बजारमा तरकारीको मूल्य हिजोको भन्दा आज बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार अहिले प्याजको थोक मूल्य किलोको ७८ देखि ८२ रुपैयाँ छ भने आलुको प्रति किलो २४ देखि २८ रुपैयाँ रहेको छ । यस दिनको बजारमा सबै भन्दा महङगो प्याजको मूल्य रहेको छ । 

आजको बजारमा गोलभेडाको मूल्य किलोको ५० देखि ६० रुपैयाँ, काउली किलोको ४० देखि ५० रुपैयाँ र बन्दा किलोको १५ देखि २० रुपैयाँमा किनबेच भइरहेको छ ।त्यस्तै तिते करेला किलोको १२० देखि १४०, भिण्डी किलोको १०० देखि १२०, लौका किलोको ६० देखि ७०, स्कुस किलोको ५० देखि ६०, भेण्टा किलोको ५० देखि ६०, लोकल गाँजर किलोको ४५ देखि ५५, हरियो खुर्सानी किलोको ८० देखि ९०, घिउ सिमि (लाकल) ७० देखि ८०, अदुवा किलोका ५० देखि ६०, चाइनिज लसुन किलोको २८० देखि ३०० र कन्य च्याउ किलोको १२० देखि १४० मा किनबेच भइरहेको छ । 

फलफूलमा हरियो अंगुर किलोको १०० देखि १२५, कालो अंगुर किलोको २२५ देखि २५०, अनार २८० देखि ३००, केरा दर्जनको ९० देखि १०० मा किनबेच भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजारले जनाएको छ ।  साथै अनेक तरकारी, फलफुल र माछा मासुको मूल्य पनि तोकिएको छ र सोही अनुसार बिक्री वितरण भइरहेको तरकारी बजारले जनाइको छ । थप तरकारी तथा फलफूलको मूल्य तल तोकिएको छ । 




भर्खरै