३ आश्विन २०८१, बिहीबार
,
Latest
संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गर्ने ७ जना पक्राउ राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन: उपमहासचिव ज्ञवाली खोला किनारामा २० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन रास्वपा बलियो, स्वच्छ र सुदृढ संघीय सरकारको पक्षमा छ: उपसभापति वाग्ले वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ: मुख्यमन्त्री सिंह बीआरआई परियोजना कार्यान्वयनमा ल्याउन ढिलाई गरिनु हुन्न: गणेशप्रसाद तिमिल्सिना अल हरमिनका परफ्युम नेपालमा प्रश्तावित प्रधानन्यायाधीश राउत र दुई राजदुत उपर सार्वजनिक उजुरी आह्वान दुर्घटना हुँदा दुईजनाको मृत्यु
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड-नेपाल पक्षको आमसभामा देखिभएको त्यो रोचक दृष्य



अ+ अ-

काठमाडौं । राजधानीमा जारि प्रचण्ड-नेपाल पक्षको आमसभामा रोचक दृष्य देखिएको छ । कार्यक्रम सञ्चालक लीलामणि पोखरेलले रामकुमारी झाँक्रीलाई बोलाएपछि उनले प्रतिगमन मुर्दावाद लेखिएको कपडा शरीरबाट निकालेर फालेकी थिइन्। 

त्यसपछि माइकमा पुगेकी झाँक्रीले मास्क फुकाल्दा उनको मुख कालो टेप टाँसिएको थियो। उनले टेप निकालेर भनिन्- बोल्न पाइन्छ। हामी बोल्न जन्मिएका हौं। झाँक्रीको हातमा कालो पट्टी पनि बाँधिएको थियो।

मञ्चबाट झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध विवादमा परेको उनको केही दिनअघिको अभिव्यक्तिबारे स्पष्टिकरण दिएकी थिइन्।

'संस्थाको कुनै लिंग हुँदैन। त्यो सार्वजनिक हुन्छ,’ झाँक्रीले भनिन्,‘प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा प्रचण्ड-नेपाल पक्षले अहिले राजधानीमा आमसभा गरिरहेको छ।