११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड-नेपाल पक्षको आमसभामा देखिभएको त्यो रोचक दृष्य



अ+ अ-

काठमाडौं । राजधानीमा जारि प्रचण्ड-नेपाल पक्षको आमसभामा रोचक दृष्य देखिएको छ । कार्यक्रम सञ्चालक लीलामणि पोखरेलले रामकुमारी झाँक्रीलाई बोलाएपछि उनले प्रतिगमन मुर्दावाद लेखिएको कपडा शरीरबाट निकालेर फालेकी थिइन्। 

त्यसपछि माइकमा पुगेकी झाँक्रीले मास्क फुकाल्दा उनको मुख कालो टेप टाँसिएको थियो। उनले टेप निकालेर भनिन्- बोल्न पाइन्छ। हामी बोल्न जन्मिएका हौं। झाँक्रीको हातमा कालो पट्टी पनि बाँधिएको थियो।

मञ्चबाट झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध विवादमा परेको उनको केही दिनअघिको अभिव्यक्तिबारे स्पष्टिकरण दिएकी थिइन्।

'संस्थाको कुनै लिंग हुँदैन। त्यो सार्वजनिक हुन्छ,’ झाँक्रीले भनिन्,‘प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा प्रचण्ड-नेपाल पक्षले अहिले राजधानीमा आमसभा गरिरहेको छ।