११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से परिसूचक ८.६६ अंकले उकालो, ग्लोबल आइएमई बैंकको सर्वाधिक हिस्सा



अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक ८.६६ अंक बढेर २ हजार ५४३.०३ विन्दुमा बन्द भएको छ । यसदिन नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि २.५६ अंक बढेर ४६५.१३ विन्दुमा पुगेको हो । २ हजार ५४४.८१ विन्दुदेखि खुला भएको बजार २ हजार ५१२.०२ विन्दुसम्म झरेको थियो भने २ हजार ५४७.६० विन्दुसम्म पुगेको थियो ।

यो दिन १९१ वटा कम्पनीको रू. ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार बराबरको १ करोड ४९ लाख ६ हजार ७७ कित्ता शेयर कारोबार भएको छ । उक्त कारोबार ६२ हजार १५ पटकको व्यापारमा भएको हो । 

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.२७ प्रतिशत बढेको छ । वित्तसँगै होटल्सको २.१४ प्रतिशत, बैंकिङको १.५ प्रतिशत, विकास बैंकको ०.०४ प्रतिशत र निर्जीवन बीमा समूहको ०.४७ प्रतिशत परिसूचक बढेको छ । बुधबारको बजारमा व्यापारिक समूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधनको १.१५ प्रतिशत, लघुवित्तको १ प्रतिशत, जलविद्युतको ०.९८ प्रतिशत, जीवन बीमाको ०.६२ प्रतिशत, म्यचुअल फण्डको ०.२३ प्रतिशत र अन्यको ०.३ प्रतिशत परिसूचक घटेको छ ।

त्यसैगरी, वित्त समूहको परिसूचक सर्वाधिक बढेको दिन गोर्खाज फाइनान्सको १० प्रतिशत, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको ९.७७ प्रतिशत र आइसीएफसी फाइनान्सको शेयरमूल्य ९.७६ प्रतिशत बढेको छ । यो दिन गोर्खाज फाइनान्सको प्रतिकित्ता रू. ४० ले बढेर अन्तिम मूल्य रू. ४४०, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको प्रतिकित्ता रू. २१ ले बढेर अन्तिम मूल्य रू. २३६ र आईसीएफसीको प्रतिकित्ता रू. २९ ले बढेर अन्तिम मूल्य रू. ३२६ कायम भएको हो । 

यसदिन स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.३८ प्रतिशत घटेको छ । प्रतिकित्ता रू. १०२ ले मूल्य घटेर कम्पनीको अन्तिम मूल्य रू. १ हजार ४९८ कायम भएको हो । यो दिन सर्वाधिक रकमको शेयर कारोबार ग्लोबल आइएमई बैंकको भएको छ । उक्त कम्पनीको रू. ५२ करोड २ लाख ५५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य पनि ५.९१ प्रतिशत अर्थात प्रतिकित्ता रू. २५ ले बढेर अन्तिम मूल्य रू. ४४८ पुगेको छ । कम्पनीको यस दिन न्यूनतम रू. ४१५ देखि अधिकतम रू. ४५६ सम्मको मूल्यमा शेयर खरीदविक्री भएको हो ।