२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मस्कोलाई ‘आतङ्कवादी हमला’ हुनसक्ने पूर्वसूचना थियो



अ+ अ-

एजेन्सी । मार्च महिनाको सुरूमा रूसस्थित अमेरिकी दूतावासले ‘अतिवादी’ समूहहरूले ‘मस्कोमा हुने कन्सर्टसमेत ठूला जमघटहरूलाई लक्षित गर्ने’ योजना बनाइरहेको भन्ने समाचारहरूको अनुगमन गरिरहेको बताएको थियो ।

इस्लामी समूहद्वारा रूसका मस्को र अन्य ठूला शहरहरू विगतमा पनि आक्रमणहरूको निशाना बन्ने गरेका छन् र त्यहाँ कुनै स्पष्ट राजनीतिक उद्देश्य बिनाका घटनाहरू पनि भएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले शुक्रबार भनेको छ, “संयुक्त राज्य अमेरिकाले मार्चको सुरुमा रूसी अधिकारीहरूलाई मस्कोमा ‘ठूला सभाहरू’ लाई लक्षित गरी ‘योजनाबद्ध आतङ्कवादी हमला’ हुनसक्ने सूचना दिएको थियो ।”

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले वासिङ्टनले यो जानकारी रूसी अधिकारीसँग साझा गरेको बताउनुभएको छ ।

सन् २००२ मा चेचेन पृथकतावादी लडाकुहरूले मस्कोको डुब्रोभ्का थिएटरमा आक्रमण गरी ९१२ जनालाई बन्धक बनाएका थिए ।

विशेष सुरक्षा बलले बन्धकलाई रिहा गर्ने क्रममा थिएटरमा आक्रमण गर्दा १३० जनाको मृत्यु भएको थियो भने र सबै आक्रमणकारी बन्दूकधारीहरूलाई आत्मसमर्पण गराउन सफल भएको थियो ।