२२ मंसिर २०८२, सोमबार
,
Latest
राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँः युवराज ज्ञवाली पार्टीबाट बिदा लिएमात्रै केपी ओलीको सम्मान बढ्छः कर्ण थापा डिशहोमको एआई ‘खुसी’ सार्वजनिक तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना: तीस प्रतिशत भौतिक प्रगति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा लगानी बढाउन महासंघ अध्यक्ष ढकालद्वारा कुटनीतिक समुदायलाई आह्वान



file
अ+ अ-

लुम्बिनी: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति र समृद्धि बिचको सम्बन्धलाई आत्मसाथ गर्दै नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको छ ।

अवैतनिक कन्सुलर कर्प्स नेपाल – एसोसिएसनले आयोजना गरेको लुम्बिनी कन्क्लेभलाइ सम्बोधन गर्दै अध्यक्ष ढकालले विश्व शान्तिको केन्द्र तथा भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा उभिएर शान्ति र समृद्धि बिचको गहिरो सम्बन्धलाई आत्मसाथ गर्न लगानीकर्ता तथा कुटनीतिक समुदायलाई आग्रह गर्नुभएको हो ।

शान्तिले आवश्यक स्थिरता प्रदान गर्दछ, शान्तिको अवस्थामा व्यवसाय तथा उद्यमहरू डर बिना स्वतन्त्रपूर्वक सञ्चालन हुदाँ लगानी, उद्यमशीलता, र आर्थिक वृद्धिका लागि सबैभन्दा राम्रो वातावरण बन्ने भएकाले लुम्बिनीबाट नेपालमा रहेको शान्त वातावरणको उपयोग गर्न लगानीकर्ताहरुलाई आह्वान गरिएको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले आउँदो नेपाल लगानी सम्मेलनमा बढि भन्दा बढि लगानीकर्ताहरुलाई सहभागि गराइ लगानी जुटाउन पनि कुटनीतिक समुदायलाई आग्रह गर्नुभयो । आध्यात्मिक तथा साहसिक पर्यटन, जलविद्युत तथा स्वच्छ उर्जा, कृर्षि प्रशोधन र सूचना प्रविधिका क्षेत्रमा वाह्य लगानीका लागि उदार नीति तथा लगानीमैत्री वातावरण बनाउन सरकार र नीजि क्षेत्रले मिलेर काम गरिरहेकाले पनि आश्वस्त रहन पनि अध्यक्ष ढकालले आग्रह गर्नुभयो ।

नेपाल विकासोन्मुख देशको रुपमा ग्य्राजुएट हुन गइरहेको सन्दर्भमा प्रत्यक्ष विदेशी लगानीका लागि थप अवसरहरु सृजना भएकाले यसको उपयोग गर्न पनि सम्मेलन उपयुक्त मन्च रहने पनि अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।