लन्डन । बुधबार म्यानचेस्टर सिटीले स्वान्सी सिटीलाई ३–१ ले सजिलै हराएर एफए कपको क्वार्टरफाइनल प्रवेश गरेको छ । त्यस जितमा केली वाल्कर, रहिम स्टर्लिङ र ग्याब्रिएल जेससले गोल गरे ।
यो सबैखाले प्रतियोगितामा सिटीको लगातार १५ औं जित हो । स्वान्सीका लागि मोर्गन ह्वाटेकरले एक गोल फर्काए । दिनको अर्को प्रमुख खेलमा एभरटनले टोटनहमलाई ५–४ ले हरायो ।
नौ गोलको रोमाञ्चक खेलमा बर्नार्डले अतिरिक्त समयको ९७औं मिनेटमा निर्णायक गोल गरे । यस्तै लेस्टरले ब्राइटन र सेफिल्ड युनाइटेडले ब्रिस्टल सिटीलाई समान १–० ले पराजित गरे ।