• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

आईपीएल आजदेखि सुरु हुँदै



काठमाडौँ । क्रिकेटको महाकुम्भ इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण आजदेखि सुरु हुँदैछ। आज हुने उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बेंगलूरु भिड्दैछन् ।

चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा हुनलागेको चेन्नई र बेंगलूरुबीचको खेल नेपाली समय अनुसार राति ८:१५ बजेबाट सुरु हुनेछ।

यसपटक चेन्नई महेन्द्रसिंह धोनीको कप्तानी बिनै मैदान उत्रदै छ । चेन्नईको कप्तानी गर्दै पाँच पटक उपाधि दिलाएका धोनीले यस सिजनमा भने कप्तानी नगर्ने भएका छन्। उनको स्थानमा चेन्नईको नयाँ कप्तानमा ऋतुराज गायक्वाडलाई नियुक्त गरिएको छ। पाँच पटकको च्याम्पियन र पछिल्लो पटकको विजेता चेन्नईको टोली कीर्तिमानी छैटौं उपाधि जित्ने लक्ष्यमा छ ।

उता बेंगलूरुको कप्तानी फ्याफ डु प्लेसिसले गर्नेछन् । भर्खरै मात्र बेंगलूरुको महिला टोलीले उपाधि जिते पश्चात पुरुष टोली पनि पहिलो पटक उपाधि जित्ने दाउमा हुनेछ ।

चेन्नई र बैंग्लोर आइपीएलमा अहिलेसम्म ३१ पटक आमने सामने भइसकेका छन्। यस अवधिमा चेन्नईले २० खेल जितेको छ भने बैंग्लोरले १० खेल जितेको छ । एक खेल अनिर्णित रह्यो ।