२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिप्रोक्स लघुवित्तद्वारा शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौं  । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित बोनस वितरणपछि यस लघुवित्तको चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१० रुपैयाँ पुग्नेछ । 

डिप्रोक्सले हाल कायम १ अर्ब ५४ लाख ३३ हजार ५७४ रुपैयाँ चुक्ता पुँजीमा बोनस सेयर तथा नगद लाभांश प्रस्ताव गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाएको छ ।