२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

चित्रबहादुर केसीको टिप्पणी: ‘भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन सकिँदैन’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बद्नाम भएको व्यक्तिको सहयोग लिएर सत्ता पक्षले जनताको अपमान गरेको बताउनुभएको छ ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेले पार्टीमा गृहमन्त्री बन्नसक्ने कोही नभेटेको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले मुद्दा लागेको व्यक्तिलाई उपप्रधान एवं गृहमन्त्री बनाएर सरकारले जनताको अपमान गरेको बताउनु भयो ।

उहाँले गृहमन्त्री रवि लामिछानेले आफ्ना जालसाझीहरु लुकाउन गृहमन्त्री नै हुनुपर्ने माग राखेको पनि बताउनु भयो । उहाँले दोषीलाई उम्काउने हो भने मुलुकको दुर्गति हुने बताउनु भयो । उहाँले गृहमन्त्रीको गल्ती र कमजोरी रहेको कुरा हरेक नागरिकलाई जानकारी रहेको बताउनु भयो । गृहमन्त्री लामिछानेले गृह मन्त्रालय नै रोज्नुको कारण सहकारी हिनामिनाको रकम राफसाफ गर्न रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यत्रो हाउसभित्र र बाहिर पनि यस्तो बदनाम मान्छेको सहारा लिएर जुन खालको सत्ता पक्षले गतिविधि गरिरहेको छ, यो त विचित्रैको कुरा हो । यो मुलुकुमा त कोही पनि रैनछन्, गृहमन्त्री हुने मान्छे, माओवादीका लागि । एमालेभित्र पनि कोही रैनछन् । यो त वास्तवमा नेपाली जनतामाथि अपमान हो नि । त्यस्तो मुद्दा लागेको मान्छे । दोषीलाई उम्काउने हो भने मुलुक के हुन्छ ? गल्ती कमजोरी भएको छ, वर्तमान गृहमन्त्रीको । चौरासी तिक्डम गरेर उहाँलाई गृहमन्त्री हुनैपर्ने । त्यो सहकारीबाट आफूले उडाएको रकमलाई राफसाफ पार्न हो । कसले बुझेको छैन यो कुरा । त्यस्ता गलत र भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन सकिन्छ ?’

उहाँले गलत र भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन नसकिने बताउनु भयो ।